मदन राईलाई तीन वर्ष कैदको माग गर्दै अदालतमा अभियोग दर्ता

  • पूर्वीखबर
  • प्रकाशित मिति: जेठ २२, २०८०

खाेटाङ । कृषि विज्ञका रुपमा परिचित मदन राईविरुद्ध यौन दुव्र्यवहारको अभियोगमा जिल्ला अदालतमा मुद्दा दायर भएको छ। जिल्ला प्रहरी कार्यालय खोटाङको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले आइतबार अभियोग दायर गरेको हो। सोमबार बयान गराएर थुनछेक बहस हुनेछ।

७५ वर्षीय राईलाई प्रहरीले वै्रशाख २९ गते पक्राउ गरेको थियो। राई अहिले जिल्ला प्रहरी कार्यालय खोटाङको हिरासतमा छन्। थुनछेक बहसपछि उनलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने कि थुनाबाहिर राखेर भन्ने आदेश हुनेछ। राईले बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ को उपदफा ३ (क), (ग) (ङ) अन्तरगतको कसुर गरेको आरोप छ। 

बाल यौन दुव्र्यवहारको कसुरमा दफा ६७, दफा ७२ र ७५ को ३ (ख) अनुसार सजाय गर्न अभियोगपत्रमा माग गरिएको छ।यी कसुरमा ७५ हजार रूपैयाँ जरिवाना र ३ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। फाउण्डेसनमा अध्ययन गरेकी बालिकाले उनीमाथि यौन दुव्र्यवहारको आरोपमा जाहेरी दिएकी थिइन्। 


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved