जापानमा १३ अर्ब ७६ करोडको उत्तेजक साम्रगीसहित हङकङे महिला पक्राउ

  • पूर्वीखबर
  • प्रकाशित मिति: श्रावण ९, २०८०

एजेन्सी । जापानमा १३ अर्ब ७६ करोड रुपैयाँ (८२ करोड हङकङ डलर) बराबरको उत्तजेक लागुऔषधसहित हङकङकी एक महिला पक्राउ परेकी छन्।

टोकियोस्थित नारिता विमानस्थलबाट ३२ वर्षीया चोई सिनलाई नारिता विमानस्थलबाट पक्राउ गरिएको हो। उनी जुलाई १ मा क्यानडाको भ्यानुभरबाट टोकियो अवतरण गरेकी थिइन्। चिबा प्रिफेक्चरल प्रहरी र जापानी भन्सार अधिकृतले उनको सुटकेशबाट २३ किलो ९२ किलो उत्तेजक सामग्री पाएका थिए।

अध्यागमन विभागले उक्त घटनाबारे हङकङस्थित परराष्ट्र मन्त्रालय र टोकियोस्थित चिनियाँ दूतावासमा सम्पर्क गरेको छ। उक्त विषयमा हङकङबाट कुनै थप जानकारी नआइसकेको जापानी अधिकारीलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमले जनाएका छन्।

चोईले भने आरोप अस्वीकार गरेकी छन्। उनले लागुऔषध ओ‌सारपसारमा आफ्नो कुनै हात नभएको र भ्यानकुभर एयरपोर्टमा एक परिचित व्यक्तिले उक्त सुटकेस दिएको बताएकी छन्।

आफूले उक्त सुटकेसमा लागुऔषध छ भन्ने थाहा पाएको बयानमा उनले भनेकी छन्। उक्त घटनाबारे जापान प्रहरीले अनुसन्धान गरिरहेको छ। आरोप पुष्टि भएमा चोईलाई ५ करोड जरिवाना र आजीवन कारावास हुनसक्छ।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved