एनआरएन वेस्ट्रन अस्ट्रेलियाको युवा संयोजकमा सिग्देल सर्वसम्मत

  • न्युजडेस्क
  • प्रकाशित मिति: श्रावण १२, २०८०

इटहरी/ गैर आवासीय नेपाली संघ एनआरएन वेस्ट्रन अस्ट्रेलियाको युवा संयोजकमा इटहरीका मनिष सिग्देल सर्वसम्मत चयन भएका छन्। २०२३–२५का लागि एनआरएन डब्लुएको यूथ कोडिनेटरको लागि २९ जुलाईमा भएको निर्वाचनमा सिग्देल सर्वसम्मत चयन भएका हुन्।

अन्तर्राष्ट्रिय बिद्यार्थीको हैसियतमा वेस्ट्रन अस्ट्रेलियाको पर्थमा बसोबास गदै आएका सिग्देलले नेपाली समुदाय, यसका गतिविधिहरू, समस्या, सम्भावना र सामुदायिक दायित्वलाई महसुस गरी आफूले उम्मेदवारी दिएको र सर्वसम्मत निर्वाचित भएकोमा अत्यन्त खुसी भएको बताएका छन् साथै पाएको जिम्मेवारी पूर्ण रूपमा निभाउने उनले प्रतिबद्धता जनाएका छन्।

नेपाली युवाको प्रोत्साहन र सशक्तीकरणको लागि सधैँ अग्रसर रहने सिग्देलले विभिन्न किसिमका युवाहरू लक्षित कार्यक्रमहरू आयोजना र संयोजन गदै आएका छन्।

नेपाली बिद्यार्थीलाई एकजुट गराउन उनले विभिन्न खेलकुद तथा साङ्गीतिक गतिविधिहरू समेत गदै आएका छन्। यस्तै पर्थमा रहेका नेपालीको लागि वैदेशिक जीवनको परामर्श दिइने, गैर आवासीय नेपालीको हकहितको पक्षमा आवाज उठाउने, सवारी सम्बन्धी जानकारी, नयाँ बिद्यार्थीको लागि आवश्यक समन्वय, कर र रोजगार सम्बन्धी जानकारी दिने जस्ता सामाजिक कार्य समेत सिग्देल अग्रसर छन् ।

कुरा भन्दा पनि कर्मले आफ्नो पहिचान बनाउनु पर्ने उद्देश्य बोकेका सिग्देलले नवागन्तुक समर्थन र सहानुभूति कार्यक्रम, परिवर्तनका लागि युवा सोच, लागुऔषध तथा जुवाजन्य कार्यको दुरुपयोग रोकथाम, मानसिक स्वास्थ्य, सांस्कृतिक संरक्षण, सामुदायिक स्वयंसेवा, युवाको लागि सिपमूलक तालिम, व्यावसायिकता प्रवर्द्धन कार्यक्रमहरू आफ्नो कार्यकालमा अघि बढाउने योजना छ।

सिग्देलले अग्रजहरूको साथ र सल्लाहबाट आफूले महत्त्वपूर्ण पदमा निर्वाचित भएकोमा सबैलाई आभार प्रकट गरेका छन्।

सिग्देल वेस्ट्रन अस्ट्रेलियाको पूर्व स्नुकर तथा विलार्ड संघको केन्द्रीय सदस्य समेत हुन्। उनी पर्थको चर्चित इभेन्ट कम्पनी कर्मा इभेन्टको डाइरेक्टर हुन। उनकै नेतृत्वमा अनुप्रस्थ फाउन्डेसनलाई अस्ट्रेलियन ८ हजार डलर क्यान्सर रोगीको लागी उठाएका थिए।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved