इटहरी । सुनसरीको धरान उपमहानगर क्षेत्रमा जिल्ला प्रशासन कार्यालय सुनसरीले कुनै पनि सभा सम्मेलन, धार्मिक सभा नगर्न विशेष उर्दी जारी गरेको छ ।

केही दिन यता गोरुको मासु खाएको भनी सामाजिक सञ्जालहरूमा भिडियो सार्वजनिक भएपछि विरोध स्वरूप विभिन्न सामाजिक सङ्घ संस्थाहरूले शनिवार कार्यक्रम आयोजना गरेको थियो । र्‍याली तथा सभामा हुने सम्भावित घटनालाई मध्यनजर गर्दै हिंसा भडकिने सङ्केत देखिएपछि तत्काललाई धरानमा निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

शुक्रवार एक शन्देस पत्र जारी गर्दै प्रशासनले आज राती १२ बजेदेखि लागु हुने गरी भोली राती १२बजे सम्मलाई निषेधाज्ञा जारी गरेको हो । आदेश विपरीत भए गरेको पाइएमा वा अटेर गरेको पाइएमा स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कारबाही गरिने जारी भएको सन्देश पत्रमा उल्लेख गरिएको छ ।