सुन्दरहरैँचा/ मोरङ्गको सुन्दरहरैँचा ६ स्थित आदिबासी जनजाति भवनमा हरितालिका तिजको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। नेपाल महिला संघ सुन्दरहरैँचाले कार्यक्रम गरेको हो।

संघको सुन्दरहरैँचास्थित ६वटा वडा समितिले गरेको नेपाली कांग्रेसकी केन्द्रिय सदस्य रुक्मणी कोईरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सुन्दरहरैँचा नगरपालिकाका सबै वडाका महिला उपस्थित थिए। IMG_1650

कार्यक्रममा पछिल्लो समयमा तिज भड्किलो हुँदै गएको अनि सामाजिक सद्भाव बिग्रँदै गएको अवस्थामा आँफु आँफुले नै सामाजिक सद्भाव कायम राख्न भूमिका निर्वाह गर्नुपर्ने केन्द्रिय सदस्य कोईरालाको भनाई थियो। IMG_1640

तिजलाई सभ्य अनि भब्य बनाउन अनि सँस्कृतिको रक्षा गर्दै मनाउन आँफुहरु सहभागी भएको र सबैले तिजलाई सभ्य बनाउँदै सँस्कृतिको रक्षा गर्न केन्द्रिय सदस्य कोईरालाले आग्रह गर्नुभयो।

कार्यक्रममा रमाईलो गरेपछि नेपाल महिला संघले इटहरी २मा रहेको माया घरमा आश्रीतहरुलाई खाना खुवाएको थियो।