इटहरी/ सुनसरीको धरान ८ स्थित लांघाली चोकमा को १ ख ४०६३ नम्बरको ट्रक र प्रदेश १–०२–०४५ प ३७४ नम्बरको स्कुटर ठोक्किँदा गम्भिर घाईते भएका इटहरी ९ का आशबहादुर राईको ज्यान गएको छ।
दुर्घटनामा इटहरीबाट धरान जाँदै गरेको स्कुटरमा सवार इटहरी ९का स्कुटर चालक ४५ बर्षीय राईको उपचारका क्रममा बिहान साढे ७ बजे ज्यान गएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय इटहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहन बिक्रम दाहालले पूर्वीखबरलाई बताउनुभयो।
दुर्घटनामा धनकुटाको साँगुरीगढि ९बस्ने ५८ बर्षीय टेकबहादुर राई गम्भिर घाईते भएका छन्। गम्भिर घाइते राईको धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ।
धनकुटाबाट इटहरीका लागि छुटेको सो ट्रकका चालक धनकुटाको चौबिसे गाउँपालिका ६का ३०बर्षीय चन्द्रप्रसाद राई र दुर्घटनामा परेको ट्रक र स्कुटर प्रहरी नियन्त्रणमा छन्।दुर्घटनाको कारण स्कुटरको तिब्र गति भएको प्रवक्ता दाहालले बताउनुभयो।