इटहरी/ कोसी प्रदेशको नवनियुक्त मुख्यमन्त्री नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन्। शनिवार साँझ काठमाडौँ पुगेका कार्कीले बालकोट पुगेर एमाले अध्यक्ष केपि ओलिलाई भेटेका हुन्।
मुख्यमन्त्री कार्की कांग्रेस नेता शेखर कोइरालालाई भेटेपछि ओलीलाई भेट्न बालकोट पुगेका थिए।



कार्की संविधानको धारा १६८ को उपधारा (५) बमोजिम एमालेका ३९तथा कांग्रेसका आठ प्रदेशसभा सदस्यको हस्ताक्षरमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए। कार्कीले आज आईतबार पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ।
कार्कीले आजै नेकपा एमालेबाट एक र आफूलाई साथ दिएका एकजना कांग्रेस सांसदलाई मन्त्री नियुक्ति गर्ने तयारी पनि गरेका छन्।