इटहरी/ सुनसरीको इटहरी ९ बाट प्रतिबन्धित बिष्फोटक पदार्थ जन्य पटकासहित धनकुटाकी एक महिला पक्राउ परेकी छन्। इलाका प्रहरी कार्यालय इटहरीले धनकुटाको साँगुरीगढीकी सुनिता राईलाई पक्राउ गरेको हो।

असोज २८ गते बेलुका ६बजेतिर इटहरी उप महानगरपालिका वडा नम्बर ९बाट १सय २९बण्डल (प्रति बण्डलमा ५० प्याकेट, १ प्याकेटमा २८पिस) पटकासहित धनकुटा जिल्लाको साँगुरीगढी गाँउपालिका वडा नम्बर ९ आहाले बस्ने ३०बर्षीया सुनिता राईलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

राईले आफ्नो कोठामा लुकाई राखेको अवस्थामा प्रहरीले SRIVIJAI king Cobra लेखिएको पटका फेला पारेर बरामद गरेको हो।

पक्राउ परेकी राईको बिषयमा थप अनुसन्धान भईरहेको इटहरी प्रहरीले जनाएको छ।