इटहरी/ नेकपा एमालेको तर्फबाट निर्वाचित इटहरी नगर कार्यपालिका सदस्यहरुले कातिक १२ भित्र कार्यपालिका बैठक राख्न माग गरेका छन्। १६जना कार्यपालिका सदस्यद्वारा हस्ताक्षरित पत्रमा यस्तो माग गरिएको हो।

शुक्रबार सार्वजनिक मेयर हेमकर्ण पौडेललाई सम्बोधन गर्दै लेखिएको पत्रमा १६ जना कार्यपालिका सदस्यहरुले हस्ताक्षर गर्दै कर समायोजन गर्न धेरै ढिला भएको उल्लेख गर्दै तुरुन्त बैठक बोलाउन माग गरिएको छ।

पत्रमा बिहिबार बोलाइएको बैठक कार्यसुचीमा प्रवेश नै नगरी स्थगित गरिएको भन्दै असहमतीसमेत जनाइएको छ । 

सार्वजनिक भएको पत्रमा स्थानीय सरकार सञ्चालन ऐनमा महिनामा कम्तिमा एक पटक कार्यपालिका बैठक राख्नुपर्ने व्यवस्था रहेकोमा २ महिना भन्दा बढी समयसम्म बैठक नबोलाएको आरोपसमेत लगाइएको छ। दशैको बिदा सकिने दिन कात्र्तिक १० गतेका मितिले ४८घण्टा भित्र कार्यपालिकाको बैठक राख्न माग गरिएको छ । 

नगर प्रमुखले बैठकको अध्यक्षता गर्न नसक्ने भए नगर उप प्रमुखको अध्यक्षतामा बैठक बसिने बताइएको छ।

itahari