काठमाडौं/ भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले भूकम्प पीडितका लागि सहयोग हस्तान्तरण गरेका छन् । उनले प्रधानमन्त्री राहत कोषमा एक करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन् ।
शुक्रबार राति गएको विनाशकारी भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा जनधनको क्षति भएपछि गुरुङले सो घोषणा गरेका थिए । सोमबार प्रधानमन्त्री निवास पुगेर गुरुङ दम्पतीले आफूले घोषणा गरेको रकम बराबरको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरे ।