इटहरी/ सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी धरान शाखाले बीमादाबी बापत सात लाख चौसट्ठी हजार रुपैँया भुक्तानी गरेको छ। शनिबार कम्पनिको छैटौँ बार्षिकोत्सवको अवसर पारेर तरहराका एक बिमितको बिमा रकम भुक्तानी गरेको हो। 

इटहरीमा बिमा सचेतना र्‍याली सङै मृत्यु दाबी भुक्तानी कार्यक्रम गरेर बीमितको श्रीमती रेवा राईलाई सात लाख चौसट्ठी हजार रुपैँयाको चेक हस्तान्तरण गरेको हो।

सिटिजन लाइफ इन्स्योरेन्स कोशी प्रदेश प्रमुख राम बहादुर खत्रीलगायत, धरान, इटहरी, तरहरा, बिराटचौक र पथरी शाखाका एजेन्सी म्यानेजरहरुको उपस्थितिमा बीमितकी श्रीमती रेवा राईलाई चेक हस्तान्तरण गरिएको बिमा कम्पनिले जनाएको छ।

चेक हस्तान्तरण गर्न राखिएको कार्यक्रममा धरान शाखा प्रमुख खगेन्द्र तोलाङ्गीले भावनात्मक क्षतिलाइ पुरा गर्न नसकेतापनि आर्थिक क्षतिलाई भने बिमाले ठूलो राहत पुर्‍याउने तथा बिमाबापत प्राप्त भुक्तानीले आश्रित परिवारका सदस्यहरुको जीवनयापन र सन्ततिहरुको शिक्षादिक्षा, सामाजिक कार्य गर्न बिमाले महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए।

यस्तै प्रदेश प्रमुख खत्रिले संसारका सम्पुर्ण भौतिक चिजहरु हामीलाई जुन बेला आवश्यक पर्छ त्यहिबेला किन्न सकिन्छ तर बिमा त्यस्तो चिज हो जुन आवश्यक परेको बेला किन्छु भन्दा नपाउन सकिन्छ, त्यसैले आजै बिमा गर्नुपर्ने बताए। 

इटहरी–२० तरहरा निवासी स्व.मेघराज राईले सिटिजन शुभारम्भ बीमा योजनामा आफ्नी श्रीमती रेवा राईलाई हकवाला रहने गरी तीन लाख पचास हजार रुपैँयाको १५बर्षे जीवनबीमा गरि दोश्रो किस्ता बुझाएका थिए। 

स्व.मेघराज राईको कामको शिलशिलामा भारत जाने क्रममा बिराटनगरमा  दुर्घटनामा परि भाद्र १९गते निधन भएको थियो।