इटहरी/ इलाका प्रहरी कार्यालय इटहरीले बिभिन्न मितिमा नियन्त्रणमा लिएको पटका नष्ट गरेको छ। प्रहरीले सोमबार बिहान बुढिखोलामा लगेर १ सय २८ बण्डल पटका नष्ट गरेको हो।



इलाका प्रहरी कार्यालय इटहरीले बिभिन्न मितिमा नियन्त्रणमा लिएको १ सय २८ बण्डल पटका सोमबार बिहान बुढिखोलामा खाडल खनेर पानि हाल्नै नष्ट गरिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रवक्ता प्रहरी निरीक्षक कैलाश चौधरीले पूर्वीखबरलाई बताउनुभयो।
उहाँले पहिलो चरणमा यो परिमाणको पटका नष्ट गरिएको जनाउँदै बाँकी प्रकृया पुरा गरेर नष्ट गरिने बताउनुभयो।