इटहरी / पृर्वको हरित नगरी इटहरीमा अवस्थित जनता बहुमुखी क्याम्पस, इटहरीको एकमात्र सामुदायिक क्याम्पस हो करिब चार हजार पाँच सय विद्यार्थी अध्ययन गर्ने यस क्याम्पसमा विद्यार्थीको आकर्षण बड्दै छ ,भर्खरै बिश्व विद्यालय अनुदान आयोगले गुणस्तर प्रमाणपत्र सुनिश्चितता (QAA)प्रमाणपत्र प्रदान गरेको छ। समग्र जनता बहुमुखी क्याम्पसको शैक्षिक गतिविधिबारे हामीले त्यहाँका स्वतन्त्र बिद्यार्थी युनियनका सचीव बिनोद कोइरालासँग जनता बहुमुखी क्याम्पसको बारेमा केन्द्रित रहेर गरिएको कुराकानीको अंश :

जनता बहुमुखी क्याम्पसको शैक्षिक गतिविधिलाई यहाँले कसरी नियाल्नु भएको छ?
जनता बहुमुखी क्याम्पस पुर्ब क्षेत्रमै अग्रस्थानमा रहेको शैक्षिक सस्था हो, यहाँ नतिजामुखी एवं ब्यावहारिक शिक्षा प्रधान गरिन्छ, पछिल्लो समय क्याम्पसमा विद्यार्थीको चाप बड्दो छ, नयाँ कार्यक्रमहरु Bsw ,Mass communication जस्ता विषय थपसंगै क्याम्पसमा शैक्षिक वातावरण सुधार भएको कारण विद्यार्थीको आकर्षण बडेको छ
जनता बहुमुखी क्याम्पसमा पढाइ हुदैँन राजनीतिमात्र हुन्छ भनेर हल्ला सुनिन्छ ,तपाईं यस विषयमा के भन्नू हुन्छ?

पहिलो कुरा जनता क्याम्पस समुदायको सम्पत्ति हो यसलाई हेर्ने दृस्टिकोण सकारात्मक हुनुपर्छ , तपाईंको यो भनाईमा कतिपनी सत्यता छैन्। जनता बहुमुखी क्याम्पसमा सृजनात्मक एवं रचनात्मक कार्यक्रम हुन्छन् त्यो स्वभाविक हो, यसले विद्यार्थीको अन्तरनिहित क्षमता बाहिर ल्याउन सहयोग गर्छ, यहाँ स्वतन्त्र विद्यार्थी युनियनलगायत केहि विद्यार्थी सङ्ठनले कार्यक्रम गर्छन् त्यो सत्य हो तर ती कार्यक्रम बिशुद्द शैक्षिक गतिविधिमा आधारित हुने भएको हुनाले यसले विद्यार्थीको मनोभावना वृद्धि गर्न सहयोग गरेको मेरो ठम्याइ छ।

धेरै निजि सस्थाले यो राजनीतिको थलोहो भन्दै आरोप लगाउने अनि जनता क्याम्पसमा छोडेका विद्यार्थी पड्छन भन्ने कुरा सूनिन्छ नी?
भन्नेको मुख थुन्न सकिदैन, जनता क्याम्पसको उत्पादनले समग्र इटहरी, प्रदेश नम्बर १ मात्र नभई राज्यका विभिन्न तह तप्कामा पुगेको हामी सजिलै देख्न सक्छौ, चाहे त्यो राजनीतिक ,आर्थिक ,ब्यापारीक होस या प्रशासनिक नै किन नहोस्, हामी प्रचारमुखी छैनौ र हुदैँनौ हामी सञ्चारमुखी बन्न चाहान्छौँ, पोखरीको गहिराई नाप्न पोखरीमा पौडी खेलेर मात्र थाहा हुन्छ?

जनता क्याम्पसको शैक्षिक गतिविधि बारे बुज्न यसको हाताभित्र प्रवेश गर्न जरुरी छ, म यहीँ तपाईंको लोकप्रिय मिडियाबाट आवहान गर्न चाहान्छु। तपाई हाम्रो प्रतिस्पर्धि होइन परिपुरक बन्न जरुरी छ, र सहकार्यका साथ अगाडि बड्न अनुरोध गर्छु, हामी गुणस्तर दिन्छोउ भ्रम होइन हाम्रो सबैभन्दा ठूलो प्रचार प्रसारको श्रोत विद्यार्थीको सन्तुष्टि हो, अबका दिनमा जनता क्याम्पसलाई छोडुवा विद्यार्थी पढाउछन् भन्नेहरुले हामिले छोडेका विद्यार्थी पढाउने दिन नआउला भन्न सकिदैन, स्नातक तह बिबि एस मा बिहानी सत्रमा विद्यार्थीको चाप बढी भएर यहीँ पटक दिवा सत्रमा भर्ना लिएका हौ ,,Bsw कार्यक्रममा एडमिसन नै बन्द गर्नुपर्ने परिस्थिति आयो ,उता स्न्नातकोतर तह MBS सेमेस्टार प्रणालीमा विद्यार्थीको चाप अत्याधिक छ, अब कसरी भन्नू छोडेका विद्यार्थी पढ्छन।

क्याम्पसले प्राप्त गरेको नतिजालाई तपाई कसरी लिनु हुन्छ ?
क्याम्पसले प्राप्त गरेको नतिजा सन्तोषजनक रहेको छ, तर केहि असन्तुष्टि हुनु मानवीय स्वभाव हो, अन्तको नतिजा भन्दा हामी सधैं माथी छौ, र आगामी दिनमा प्रविधिमैत्री शैक्षिक वातावरण सृजना भएको, भौतिक संरचनामा व्यापक सुधार भएकोले यसको परिमाणमा अझ बड्ने र त्यो प्रती क्याम्पस प्रशासन लागेको र हाम्रो पनि निरन्तर खवरदारी रहेको छ।

क्याम्पस प्रशासन, स्वबियु र विद्यार्थी संगठन बिच कस्तो सम्बन्ध छ?
सबै तिन वटानै निकायहरुको धेय शैक्षिक गुणस्तर विकाश गर्ने भएकाले ,एकआपसमा सुमधुर सम्बन्ध रहेको छ, विद्यार्थी संघसंगठनका नेताहरू क्याम्पसमा नियमित पढ्ने विद्यार्थी भएको, र म आफै नियमित विद्यार्थी भएको कारणले गर्दा ,हामीबिच अन्त्यन्त आत्मियता छ,क्याम्पस प्रशासन विद्यार्थी मैत्री रहेको र क्याम्पस प्रमुख विद्यार्थीका हरेक समस्या समाधान तर्फ सधैं कृयासिल रहनुभएकाले, हाम्रो सम्बन्ध अत्यन्त सुमधुर छ। क्याम्पस प्रमुख म विद्यार्थी मैत्री प्रशासन बनाउछु, विद्यार्थी कै काम गर्न आएको भन्नुहुन्छ ,हामिबाट अरुले समेत पाठ सिक्न सक्नेछन्।

अन्त्यमा के भन्न चाहानुहुन्छ?
जनता क्याम्पस समुदायको साझा सम्पत्ति हो,यसलाई सुन्दर फुल फुलाउन सबैको साथ सहयोगको अपेक्षा गर्दछु, समुदाले सामुदायिक विद्यालयलाई हेर्ने दृस्टिकोण बदल्न अनुरोध गर्छु, इटहरी प्रदेश नम्बर एकको सम्भावित राजधानी भएकोले र हाम्रो क्याम्पस एक मात्र सामुदायिक क्याम्पस भएकाले सबैले यसको विकास गर्न सहयोग गरिदिन अनुरोध गर्दछु।