सुनसरी/ सुनसरीको इटहरीमा रहेको बेवीलोन सेकेण्डरी बोर्डिङ स्कुलले बिद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न लागिपरेको छ। सबै बिद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्छौँ भन्छन भन्नलाई त तर बेविलोनले साँच्चिनै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बिद्यालय ब्यवस्थापनको दावी छ। शिक्षीत युवाको जोस र जाँगरबाट खुलेको यो स्कुलमा इटहरीमा गुणस्तरीय शिक्षा दिने दावी गरेका छन्। इटहरी–५ स्थित हलगडामा रहेको यो स्कुलमा पर्याप्त शैक्षिक सामाग्रीदेखि बिभिन्न अतिरिक्त कृयाकलापमा पनि उत्तिकै अब्बल छ। IMG_0538

अंग्रेजी भाषालाई बढी जोड दिइरहेको स्कुलमा बिद्यार्थीलाई अझै पनि सजाय दिएर सिकाउने परम्परा तोडिएको छ। स्कुलले बिद्यार्थीलाई काउन्सिल गराएर पढ्ने र लेख्नेमा कसरी अभ्यस्त बनाउन सकिन्छ भनेर बिभिन्न अतिरिक्त कृयाकलापमार्फत फ्रेस बनाउने गरेको छ।

प्ले ग्रुपदेखि दश कक्षासम्म अध्यापन गराउने स्कुलमा प्रत्येक कक्षामा सिमित बिद्यार्थी मात्र राखिने भएकोले अतिरिक्त कक्षाको पनि ब्यवस्था गरेको छ। यिनै बिषयको सेरोफेरोमा रहेको स्कुलका प्रवन्ध निर्देशक पुष्प अधिकारीसँग गरिएको कुराकानीको अंश प्रस्तुत छ। bebilone school 2

बेविलोन स्कुल किन स्थापना गर्नुभयो ?
हामी बिभिन्न क्षेत्रमा आवद्ध भएपनि इटहरीमा एउटा गुणस्तरीय शिक्षा प्रदान गर्ने स्कुल पनि होस भन्ने उदेश्य बोकेर हामीले स्कुल स्थापना गरेका हौं। म आँपैmपनि प्राविधिक बिषयको बिद्यार्थी भएकोले अव प्राविधिक शिक्षालाई पनि जोड दिने भनेर स्कुल स्थापना गरेका छौँ। हामीले भोलीका दिनमा ब्याचलरसम्म शिक्षा दिने भनेर योजना पनि बनाएका छौँ।

स्कुलमा के के सुबिधा छ ?

अहिले भाडाको भवनमा बिद्यालय सञ्चालन गरिरहेपनि मापदण्डमा कमी राखेका छैनौँ। मन्टेश्वरीका लागि खेलमैदान छुट्टै छ। ठूला बिद्यार्थीका लागि छुट्टै खेल मैदानको व्यवस्था पनि छ। छात्रावासको पनि व्यवस्था छ। बिद्यालय सञ्चालनमा आवश्यक पर्ने भौतिक पूर्वाधार हामी थप्दै लाने योजनामा छौं भने केही सयमपछि आफ्नै भवनमा बिद्यालय सञ्चालन गर्ने योजना बनाएका छौँ।

इटहरीमा बेवीलोनको निकै चर्चा छ नि के त्यस्तो चर्चा हुने विषय ?
प्रदेश नम्बर एकमा हामीले भिन्न तरिकाले बिद्यालयमा सञ्चालन गर्ने उदेश्य लिएका छौं। यहाँको माग र आवश्यक्तालाई मध्यनगर गरी भौतिक पूर्वाधारयुक्त र गुणस्तरीय शैक्षिक संस्थाको रुपमा विकास गर्ने उदेश्यले हामीले बिद्यालय सञ्चालन गरेको कारणले पनि हाम्रो बिद्यालयको प्रचार आफैं अभिभावकहरुले गर्नु भएको हो।

शुल्क त महंगो होला नि ?
हामीले भावि योजनालाई मध्यनजर गरेर शुल्क निर्धारण गरेका छौं। तर, हाल कायम गरिएको शुल्क आम अभिभावकको सल्लाह र सुझाव अनुसार गरिएको हो। नेपाल सरकारको शिक्षा निति अनुसार नै शुल्क निर्धाण गरेका छौं। शुल्क महंगो छैन। यो भ्रम मात्र हो। अन्य बिद्यालयका तुलनामा सामान्य शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिवद्ध छौँ।

स्कुलका बिशेषताहरु के के छन् ?
बालमैत्री केन्द्रीत शिक्षण पद्धति छ, कृयाकलाप तथा परियोजनामा आधारित सिकाई छ। श्रव्य दृश्य कक्षा तथा अतिरिक्त क्रियाकलापको व्यवस्था रहेको छ। यस्तै शान्त वातावरण, कम्प्युटर तथा बिज्ञान प्रयोगशाला यसैगरी यातायात तथा आवासीय सुविधा अनि उत्कृष्ट नतिजा ल्याउन सफल छ हाम्रो स्कुल।

सिकाईमा नयाँपन कसरी दिनुहुन्छ ?
हाम्रो बिद्यालयबाट बिद्यार्थीलाई त्रास सिर्जना गरेर सिकाउने भन्दा पनि उनीहरुको मनोभावना बुझेर अध्यापन गराउने छौँ। बिज्ञबाट परामर्श गराउने छौँ। परीक्षा प्रणालीका कुराहरु पनि छन्। बच्चामा भएको यथाथर्ता सिकाईमा उतार्ने छौँ। त्यसको लागि हामीसँग नयाँ अनुभव छ। अभिभावकको कक्षा कोठामा सहभागिता गराउने छौँ। हामीसँग दक्ष जनशक्ति छ। शिक्षकले आफूले पढाउने बिषयमा घरमा तयारी गर्न पनि जरुरी छ। हाम्रा शिक्षकले सिकाईमा जिम्मेवार भई नयाँपनका साथ सिकाउनु हुन्छ। हामी क्वालिटीमा कुनै सम्झौता गर्दैनौँ। यी बिभिन्न कारणले गर्दा बेविलोनलाई बिश्वास गर्न सक्ने आधारहरु प्रशस्तै बनाएका छौँ। bebilone school

तपाई अन्य व्यवसाय सञ्चालनमा हुनुहुन्थ्यो बिद्यालय सञ्चालनमा कसरी आउनुभयो ?
म इटहरीमा पहिल्यै देखि बिभिन्न व्यवसायमा थिएँ। अहिले पनि छु। तर,बीचमा आएर इटहरीमै गुणस्तरीय शिक्षा दिन सक्ने नयाँपनको बिद्यालय महसुस गरियो। जसको कारण म यो बिद्यालयसँग आवद्ध हुन पुगे। हामीले अहिले पूर्वाधारयुक्त बिद्यालय स्थापना गरेका छौँ।

पूर्वाधारको अवस्था कस्तो छ ?
हामीले २०७७ सालदेखि आफ्नै भवनको तयारी गर्ने जमर्को गरेका छौँ। अहिले हामीले २४ कोठामा ४ वटा भवन लिएका छौँ। हामी अहिले सुविधा सम्पन्न पुस्तकालयको व्यवस्था गर्ने तयारीमा छौं। करिव ५५०जना बिद्यार्थीहरु अध्यापन गराउँदै आएको यस बिद्यालयमा पूर्वाधारको कुनै कमि हुन दिएका छैनौ। साना नानीहरुको लागि हामीले छुट्टै पूर्वाधार तयार गरेका छौँ। ठूला नानीहरुको लागि पनि हामीले कोर्ष अनुसारका पूर्वाधार तयार गरेका छौं। बसको सुविधा छ। पुर्वाधारको कुनै अभाव हुन दिदैनौँ। शिक्षण तथा अन्य कर्मचारी गरेर हामीसँग अहिले ३५जना हाराहारीलाई रोजगारी पनि दिएका छौँ। हाम्रोमा प्ले गुप्रदेखि कक्षा १० सञ्चालन हुदैछ र आगामी शैक्षिक शत्र देखि कक्षा ११ १२ सम्मको तयारी हुँदैछ।

अभिभावकले आफ्ना छोराछोरी वेविलोनमा नै किन पढाउने ?
हामीले अन्य बिद्यालयमा नभएका सुविधाहरु उपलब्ध गराएका छौँ। हाम्रो बिद्यालयमा सबैभन्दा पहिलो कुरा त पढाई नै हो। यो सँगसँगै सुविधाको कुरा पनि हो। बिद्यालय शान्त वातावरणमा छ। समय समयमा बिभिन्न खालका शिविरहरु सञ्चालन गराएका छौ। यसबर्ष देखि अझै व्यवस्थित बनाउने छौ। खेलकुद देखि अतिरिक्त कृयाकलापमा हामी निकै अगाडि छौँ। नानीहरुको चौतर्फी बिकासको लागि वेविलोन स्कुल काफी छ भन्ने हाम्रो दाबी हो।

अतिरिक्त कृयाकलापमा बिद्यार्थीलाई कसरी सहभागी गराउनुहुन्छ ?
हामीले बच्चालाई क्रिएटिभ बनाउनुपर्छ। सञ्चालककोे भिजनबाट बिद्यालय सञ्चालनमा छ। होमवर्क नगरेको बिषयमा हामीले अभिभावकसँग सम्पर्क गरेर समस्या के हो भनेर छलफल चलाउँछौँ। यता हामीले बिहानको एसेम्ली सञ्चालन गर्न एक महिनामा चारवटा हाउसलाई जिम्मा दिएर सञ्चालन गर्ने गरेका छौँ। जुन हाउसले राम्रो तरिकाले सञ्चालन गर्छ, त्यसलाई महिनाको अन्तिम दिन पुरस्कृत गर्ने व्यवस्था समेत यसवर्ष देखि गरिएको छ। ketaketi

सिकाईमा नयाँपन कसरी दिनुहुन्छ ?
हाम्रो बिद्यालयबाट बिद्यार्थीलाई त्रास सिर्जना गरेर सिकाउने भन्दा पनि उनीहरुको मनोभावना बुझेर अध्यापन गराउने छौँ। बिज्ञबाट परामर्श गराउने छौँ। परिक्षा प्रणालीका कुराहरु पनि छन्। बच्चामा भएको यथाथर्ता सिकाईमा उतार्ने छौँ। त्यसको लागि हामीसँग नयाँ अनुभव छ। हाम्रा शिक्षकले सिकाईमा जिम्मेवार भई नयाँपनका साथ सिकाउनुहुन्छ। हामी क्वालिटीमा कुनै सम्झौता गर्दैनौँ। यी बिभिन्न कारणले गर्दा यस स्कूललाई बिश्वास गर्नसक्ने आधारहरु प्रशस्तै बनाएका छौँ।