चर्चित गायक प्रमोद खरेलले नयाँ गित ‘झुमा झुमा’मा जुम्ल्याहा दिदि बहिनी प्रिज्मा र प्रिन्सि खतिवडालाई फिचर गराएका छन्। शुक्रबार(आज) रिलिज गरिएको गित ‘झुमा झुमा’मा मा जुम्ल्याहा दिदि बहिनीले फिचर गरेका हुन्।

म्यूजिक भिडियामा आकर्षणको रुपमा नेपालमा टिकटकबाट चर्चामा आएका जुम्ल्याहा दिदिबहिनी (प्रिज्मा खतिवडा, प्रिन्सी खतिवडा) ले अभिनय गरेका छन्। भिडियोमा चर्चित नायक पल शाह र गायक खरेल समेतको शशक्त अभिनय देख्न सकिन्छ।

हिमांशु रायमाझीको शब्द, भिम बिसीको संगीत रहेको झुमा झुमालाई उदयराज पौडेलले एरेन्ज गरेका छन्। ओए झुमा झुम्कावाली, चल बतास चल, लाई देउन मायाले, यो कुरा गोप्यलगायतका चर्चित गीत सफल भईसकेपछि रिलिज भएको गित झुमा झुमा सार्वजनिक भएको तीन घण्टामा (यो समाचार तयार पार्दासम्ममा) ६५हजार ८सय २८पटक हेरिसकेका छन्। भिडियोलाई गायक खरेलले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका छन्।

हेर्नुहोस भिडियो :