सुनसरीको इटहरीस्थित कञ्चनजंघा किन्डरगार्टेन मन्टेश्वरी स्कुलकी प्रिन्सिपल ग्रेस आचार्यले अंग्रेजी बिषयमा स्नातकोत्तर गर्नुभएको छ। पाँच बर्षदेखि सञ्चालनमा रहेको कञ्चनजंघा किन्डरगार्टेन मन्टेश्वरी स्कुलकी प्रिन्सिपल आचार्यले कलेज पढाउँदै गर्दा अध्यापन पेशा छोडेर मन्टेश्वरी स्कुल सञ्चालन गर्न थाल्नुभएको थियो। उनै प्रिन्सिपल आचार्यसँग कञ्चनजंगा किन्डर गार्डेन मन्टेश्वरी स्कुलको बिषयमा गरिएको कुराकानीको सम्पादित अंश

# तपाँई कलेज पढाउने मान्छे मन्टेश्वरी स्कुल सञ्चालनको सोच कसरी आयो ?
* एकदमै सहिकुरा सोध्नुभयो म कलेज पढाउँथे। मैले भारतको उत्तर प्रदेशबाट स्नात्तकोत्तर गरेको हुँ। अध्ययनको दौरान बाबा इण्डियन आर्मी हुनुभएकोले धेरै कुरा मिल्ट्रीबाटै सिकियो बाँकी अध्ययनको क्रममा सिक्दै गए अनि नेपालको शिक्षण पद्दतिलाई नजिकैबाट नियाल्न थाले मलाई आत्मसन्तुष्टी भएन। संसार धेरै अगाडी बढीसकेको र पढाउने तरिकामा नयाँ नयाँ पद्दतीहरु अपनाईरहेको भएपनि हामी आजपनि पुरानै सोच संस्कार अनि पद्दतीमा रुमलिरहेको देखेपछि कलेज छोडेर तलबाटै परिर्वतनको शुरुवात गर्छु भन्ने सोच बोकेर मन्टेश्वरी स्कुल सञ्चालन गर्ने निर्णय गरेकी हुँ। म कति सफल भए कति हुँदैछु वा हुनेछु त्यो चाँही मैले अरुबाटै प्रतिकृया सुझाव सल्लाह लिने सोच बनाएको छु।

# इण्डियामा पढेको भन्नुभयो त्यहाँको पढाई र यहाँको पढाईमा के फरक पाउनुभयो ?
* यहाँ किताब वा पाठ घोक्न वा कण्ठष्त गर्न लगाइदो रहेछ तर बुझाउँदैन रहेछ। अर्को कुरा इण्डियामा किताबसँगै बिभिन्न सिपहरु सिकाईन्थ्यो तर यहाँ किताब पढायो प्रश्नको उत्तर लेखाएर रटायो अनि परिक्षा लियो तर हामीले यसरी पढाएनौ। त्यसैले मलाई यहाँ आफुले पढेको सिकेको अनि बुझेको अनुसार स्कुल सञ्चालन गर्ने कोशिसमा हाम्रो अभिभावक ज्यूहरुले साथ सहयोग र बिश्वास गर्नुभएको छ यहि फरक छ भनौ। अव हाम्रो स्कुल किन फरक छ ? त्यो बुझ्न चाँहि हाम्रा नानिबाबुहरु समाजमा निस्कनुपर्नेछ। प्रतिष्यर्धामा उहाँहरुले नै प्रमाणित गर्नुहुनेछ हामी किन फरक छौँ।

# कञ्चनजंघा मन्टेश्वरी स्कुलका उद्देश्य र बिशेषता के के हुन नि ?
* यो स्कुल पि.जी देखि यू.के.जी.सम्म पूर्ण मन्टेश्वरी पद्दतिबाट सञ्चालन भएको स्कुल हो। कक्षा १ देखी हाल कक्षा ४ सम्म स्मार्ट कक्षा तथा एलिमेन्ट्री बेशमा प्राक्टिकल बेशमा पठनपाठन हने स्कुल हो। समग्रमा भन्नुपर्दा बिश्वबजारमा गएर प्रतिष्यर्धा गर्नेसक्ने मोडन टेक्नोलोजी समेत प्रयोग गरी भविश्यमा हजारौँको अगाडी आफ्नो लगन काम व्यवहार शिप शिक्षा अनि संस्कारका कारण परिचित हुनसक्ने जनशक्ति तयार पार्नु नै हाम्रो उद्देश्य हो। यो फरक छैन तर यो फरक ढंगले सञ्चालन भएको छ। स्कुलमै बिभिन्न शिप, कला, उद्घोषणलगायतका कक्षाहरु समेत सञ्चालनमा छन्। हाम्रा नानिहरु नृत्य, गायन विविध अतिरिक्त कृयाकलापमा सधै अब्वल रहन्छन भनौ उनिहरुले पाउनुपर्ने स्वच्छ खाना, स्कुलमा हुनुपर्ने सुविधा, संस्कार अनि शिक्षा अन्तराष्ट्रिय स्तरको शिक्षा दिन सक्नुनै यस स्कुलको मुख्य बिशेषता हो।

# अभिभावकले किन कञ्चनजंघा मन्टेश्वरी नै रोज्ने ?
*हैन सबै कञ्चनजंघा मन्टेश्वरी हुँदैन तर जस्ले कञ्चनजंघा मन्टेश्वरी रोज्नुहुन्छ उहाँले कहिल्यै छोड्नु हुँदैन किनकी यहाँ सिमित सिटमा मात्र भर्ना लिईन्छ, फरक शैलिमा पढाईन्छ, शिक्षासँगै संस्कार सिकाईन्छ, अन्तराष्ट्रिय स्तरको शिक्षा दिने त्यस्तै मोडर्न पद्दती प्रयोग गरिन्छ र यहाँ सिक्नुपर्ने सबै कुरा सिकाईन्छ सिक्नै नहुने कुराको बारेमा बुझाईन्छ।

# अरु मन्टेश्वरी स्कुल र कञ्चनजंघा किन्डरगार्टेन मन्टेश्वरी स्कुलमा के फरक छ ?
* हेर्नुहोस हाम्रो स्कुल पनि दुनियामा नै नभएको फरक स्कुल हैन यो पनि अरु टे«डिशनल स्कुल तथा मन्टेश्वरी स्कुल जस्तै स्कुल नै हो तर किन्डरगार्डेन मन्टेश्वरीले पढाउने तरिका कार्य, अनि शैलि अरुभन्दा बिल्कुलै फरक छ। अरुले धेरै पढेर रटेर जागिर खाउ भन्छन भने हामी पढ, लेख बुझ, सम्झ मनन गर अनि आफुले पढेर जागिर खाने गरी तपाई आफु जस्ता हजारौँलाई जागिर दिने लक्ष्य बनाएर अगाडी बढाउँछौ। पढेर हैन गरेर हेरेर छोएर अनि प्रत्यक्ष सहभागी भएर सिक्ने वातावरण हामीले बनाउन सकेकोले नै हामीलाई सबैले तिमीहरु फरक छौ, भन्नुहुन्छ।

# मन्टेश्वरी स्कुल स–साना नानी बाबुहरुलाई पढाउनभन्दा पनि खेलाउन मात्र लगिन्छ भन्छन् नि ?
* हो यहि हो नेपाली सोच हामी अहिले पनि भन्छौँ खेल बेकार हो तर कहिले सोचेका छैनौँ खेलबाट हामी के के सक्छौँ के के फाइदा हुन्छ अनि किन खेल स–साना नानीहरु देखि बृद्व–वृद्धासम्मलाई आवश्यक छ, हाम्रा नानीहरुले सिक्ने कुराहरु मध्य धेरै कुरा खेलबाट सिकिन्छ। यसो भन्दैमा हामी खेलाउने मात्र गर्दैनौँ खेलाउदै पढाउँदै पनि या खेलाउदै पढेको छु भन्ने कुरा थाहा नदिई पढाउँदा सिकाउँदा पनि खेलाएको मात्र देखिन्छ। त्यो देख्ने आँखा अनि सोच्ने तरिका गलत हो मन्टेश्वरीमा खेलाउने मात्र गरिन्न यहाँ त झन हरेक सामाग्रीको रंग, रुप, स्वादको छुट्टै अर्थ हुन्छ।

# तपाईको बिचारमा सिकाई कस्तो हुनुपर्छ ?
* यो एकदमै महत्वपूर्ण प्रश्न हो किनकी आज हाम्रा नानी बाबुहरुलाई जुन तरिकाले सिकाईरहेका छौ यो गलत छ। हिजो हाम्रा हजुरबुबा जंगलमा घाँस काट्दा रुखबाट लडेपनि हातखुट्टा केहि हुन्नथियो, आज हाम्रा नानी बाबुहरु ठेस लागेर लड्दा पनि हात खुट्टा भाँचिन्छ कारण हामी नै हौँ। स्कुल गएपछि कक्षाकार्य र घरमा गृहकार्य गर्नैपर्ने भएकाले सिकाईको दायरा साँघुरो भएको छ। एउटा बयस्क चरालाई उड्न नदिएर पिजडामा थुनेझै स्कुलले राख्नु परेको छ। घरमा लड्छ चोट लाग्छ भन्दै सोफामा बसाएर छोराछोरीको शरिर कमजोर बनाउनुपर्ने बाध्यता आमा बुबाको छ। अब यसको अन्त्य हुनुपर्छ जस्तो मलाई लाग्दछ। सिकाई स्कुलको चारवटा पर्खालभित्र कदापी हुन सक्दैन। त्यसैले त फिनल्याण्ड सरकारले प्रत्येक स्कुलको पर्खालहरु हटाएका समाचारहरु आएका छन्। वास्तवमा सिकाईको लागि ठाँउ तोक्नु, कोठामा राख्नु र कक्षा कार्य र गृहकार्य गर्न लगाउने परिपाटीको अन्त्य गर्दै व्यवहारिक, प्रत्येक मोर्डन टेक्नोलोजीका साथ शिक्षण गराउनुपर्छ जस्तो लाग्छ।

# इटहरीका ठूला र महंगा स्कुलहरु र यस स्कुल बीचमा चाँहि के भिन्नता छ ?
* उहाँहरुले हामीले भन्दा धेरै लगानी गर्नुभएको छ। सम्पूर्ण सुविधाहरु तपाईले भने जस्तै होलान पनि तर ससाना नानी बाबुहरुको केयर बाल मनोविज्ञानका बारेमा हामी जति जानकार र अनुभवी छौँ उहाँहरु हुनुहुन्न। फेरी भनिन्छ नी ठूलो समुन्द्रमा २/४ बाल्टी फोहोर पानी मिसाउदा पनि फोहोर देखिदैन किनकी समुन्द्रमा पानीको मात्रा धेरै हुन्छ त्यसैले २/४ जनाले राम्रो नपढेपनि वा नपढाए पनि फरक नपर्ला तर हाम्रो जस्तो एलिमेन्ट्री स्कुलमा प्रत्येकले राम्रो गरेकै हुन्छ र गराएकै हन्छ किनकी हामी भनेका साना साना नानी बाबुहरुकै लागि हौँ।

जसरी हामीलाई ठूला ठूला बिद्यार्थीलाई कसरी पढाउने, सम्झाउने, बुझाउने भन्ने ज्ञान उहाँहरुले जति नभए जस्तै ससाना बालबालिकासँग गरिने व्यवहार, पठनपाठनशैली, केयर र प्रोत्साहन गर्ने तरिका उहाँहरुलाई हामीलाई जति थाहा हुदैँन तर पनि अभिभावकले यो बुझ्नुभएको छैन्। आशा छ एकदिन को के का लागि राम्रो छ भन्ने बुफ्नुहुने छ किनकी समय गतिशित छ र सबैलाई म जान्न चाहन्न भन्दापनि, सिक्दिन भन्दा पनि सिक्न बाध्य बनाउने समय नी आउने छ।

# नाम चै मन्टेश्वरी काम चै कण्ठेश्वरी हुन्छ स्कुलहरुमा भन्छन् नी ?
* यो चै हामीलाई लगाएको आरोप हो। हाम्रो कञ्चनजंघा मन्टेश्वरी स्कुल र ट्रेनिङ सेन्टर पनि हो। हामी पूर्णरुपमा स्टुमेन्ट बेसमा मन्टेश्वरी टिचर ट्रेनिङ पनि दिन्छौ। यो आरोप मात्र हो। हामी देखाएर, छुवाएर, सुनेर, हेरेर, खेलेर, बनाएर, सिकाउछौ भने यो कुरा हाम्रो स्कुलको हकमा अलि म्याच नहोला।

# कञ्चनजंघा मन्टेश्वरी स्कुलका नानीहरु टेलिभिजन कार्यक्रमहरुमा पनि देखिन्छन नी ?
* हो हाम्रै नानी बाबुहरु द्वारा सञ्चालन गरिएको बाल कार्यक्रम चिजन्स किड्स वल्ड चाँडै हामी दोश्रो सिजनको तयारीमा लागेका छौँ। हामीले माघदेखि सुरु गर्ने भनेपनि तयारी पूर्ण नभएकाले असार देखि फेरी सुरुगर्ने लक्ष्य लिएका छौँ। एउटा स्कुलले ससाना नानी बाबुहरु द्वारा सञ्चालन गरेको टेलिभिजन कार्यक्रम नेपालमै पहिलो हो।

# अन्त्यमा केहि भन्न चाहनुहुन्छ ?
* यो स्कुलले फरक सोचले स्थापना भएको स्कुल हो। छोटो समयमा हाम्रा नानी बाबुहरुले हासिल गरेको शिक्षा अनि संस्कारकै कारण हामी यो ठाँउसम्म पुग्न सफल भएका छौ। हामीले गर्ने हरेक कार्यहरुमा साथ सहयोग गर्नुहुने सम्पूर्ण अभिभावकलाई धन्यवाद दिन चाहन्छु। शिक्षामा परिवर्तन ल्याउन यस कञ्चनजंघा मन्टेश्वरी स्कुलले नयाँ तथा फरक योजनाहरु लिएर आउने जानकारी गराउँछु।
                       **** धन्यवाद ****