कक्षा १२ को परिक्षा अहिले जारी रहेको छ। कक्षा १२ को परिक्षा पछि बिशेष गरेर व्यस्थापन संकायका बिद्यार्थीले सी-म्याट कोर्ष गर्ने गरेका छन्। यसै सन्दर्भमा हामीले सी-म्याट कोर्ष कस्तो हो ? यो पढेर के हुन्छ भन्ने बिषयमा पुर्वाञ्चल नम्बर १ institute EdMark Pvt.Ltd का निर्देशक दिपेन्द्र मेहतासँग एटिएन मिडिया प्रा.लि.द्वारा सञ्चालित पूर्वी खबरका लागि गरिएको कुराकानीको सम्पादित अंश :

* सी-म्याट कोर्ष भनेको के हो? किन गर्ने बिद्यार्थीले सी-म्याट ?

# सी-म्याट कोर्ष भनेको त्रिभुवन विश्व बिद्यालयका कलेजमा स्नातक पढ्न प्रवेश परिक्षाको रुपमा हेरिएको सी-म्याट परिक्षा उतीर्ण गर्न चाहिने कोर्ष हो। त्रिभुवन विश्व बिद्यालयका कलेजमा स्नातक पढ्न यो परिक्षामा अनिवार्य पास हुनुपर्छ।

* कस्ता प्रश्न सोधिने गर्छन यो परिक्षामा ?

# सी-म्याट परिक्षामा गणित,अंग्रेजी,सामान्य ज्ञान तथा रिजनिङबाट प्रश्नहरु आउने गर्दछ। हरेक बिषयका २५ वटा प्रश्न गरी जम्मा १ सय वटा प्रश्न सोधिने गर्छ। जम्मा ९० मिनेटमा सबै प्रश्नको उत्तर दिनु पर्ने हुन्छ। परिक्षामा क्यालकुलेटर प्रयोग गर्न पाइदैन्।

* एकदम जान्ने बिद्यार्थीले मात्रै सी-म्याट परिक्षामा नाम निकाल्न सक्छन भन्ने छ, के हो यसको वास्तविकता ?

#यो परिक्षाले बिद्यार्थीको ज्ञान भन्दापनि एउटा बिद्यार्थीको ब्यस्थापकीय क्षमता जाच्ने गर्दछ। सामान्य ज्ञान राम्रो हुने बिद्यार्थीले यो परिक्षा पास गर्न सक्छन। व्यावहारिक ज्ञान हुने बिद्यार्थीले राम्रो अंक ल्याउने सम्भावना धेरै हुन्छ। सी-म्याटमा धेरै प्रश्नको उत्तर चालाखी पुर्वक दिनु पर्ने हुन्छ।

* सी-म्याट परिक्षामा सामेल हुन के गर्नुपर्छ ?

#सी-म्याट परिक्षामा सामेल हुन +२ को हरेक बिषयमा सी+ ग्रेड हुनुपर्छ। भर्ना प्रक्रियामा एकेडेमिक्सबाट ३० प्रतिशत, सी-म्याट परिक्षाको ६० प्रतिशत तथा अन्तर्वार्ताबाट १० प्रतिशत अंक जोडिने गर्दछ। लिखित परिक्षामा सामेल बिद्यार्थीलाई अन्तर्वार्ताको मौका दिने गरिन्छ। त्रिभुवन विश्वबिद्यालयको बिबिए,बिबिएम,बिसिए, बिएचएम, बीआइएमलगायतका कोर्षको लागि सी-म्याट चाहिन्छ।
* धन्यवाद

# धन्यवाद