इटहरी / मोफसलका गायक दिपेन राई र सुनिता थेगिमको स्वरमा रहेको ‘बेल्टार बजार’ बोलको गितको म्युजिक भिडियो सार्बजनिक गरिएको छ। भिडियो शुक्रबार पुर्वाञ्चल म्युजिक डटकम नामको यु ट्युव च्यानलबाट सार्वजनिक गरिएको हो।

भिडियो सुनकोशी नदीको किनार, उदयपुरको रानीटार गाउँ, बेल्टार बजारमा छायांकन गरिएको हो। भिडियोमा सयौबर्ष अगाडी निर्माण भएको उदयपुरको चौडन्दिगढी दरबार लाई कैद गरिएको छ। स्थानिय बासिन्दाहरुलाई समेत थाहा नभएको दरबारको आकार समेत ड्रोन क्यामेराको माध्यमबाट भिडियोमा समावेश गरिएको छ।

दरबारको आकार हेर्दा सयौ बर्ष अगाडि निर्माण गरिएपनि बैज्ञानिक ढंगबाट निर्माण गरिएको अनुमान गर्न सकिन्छ। दरबारका सबै झ्यालबाट प्रकाशको छिथ्र्यो भन्ने स्थानीयको कथन रहेको पाईन्छ। dipen rai 2

भिडियोमा गायक दिपेन राई आँफै रेणु बान्तवा राई र अर्का गायक रक्षक राईले अभिनय गरेका छन्। यस्तै संगितकार रुद्र श्रेष्ठ, बाँसुरीबादकको रुपमा रक्षक राई सारंगीबादकको रुपमा कैलाश राई, मेण्डोलियमबादकको रुपमा अमर राई, छ्याई छ्याइबादकको रुपमा भुँईदल अल्लारेले अभिनय गरेका छन्। भिडियोमा गरिमा डान्स सेन्टर बेल्टारका २४जना कलाकारहरुले कोरस नृत्य समेत गरेका छन्।

darbar
ड्रोनबाट खिचिएको चौडण्डीगढिको भग्नावशेष

यस्तै भिडियोलाई रुद्र श्रेष्ठले निर्देशन गरेका छन् भने ग्लोरी मिडियाले छायांकन गरेको भिडियोमा शिरकुमार साङ्पाङ्ग र ग्लोरी मिडिया टीमले ड्रोन चलाएको छ। गित भुईदल अल्लारेले लेखेका हुन भने संगीत रुद्र श्रेष्ठले गरेका छन् यस्तै कुन्दन राईले एरेञ्ज गरेको गित पुर्वाञ्चल डिजिटल रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको हो।

हेर्नुहोस भिडियो :