काठमाडौं / उपचारका लागि कांग्रेस सभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गर्नुभएको छ।

पेटमा समस्या भएपछि देउवा त्यसको उपचारका लागि बुधबार राति सिंगापुर प्रस्थान गरेको कांग्रेस केन्द्रीय कार्यालयले जानकारी दिएको छ।

पेटसम्बन्धी समस्या झेल्दै आइरहेका देउवाले सिंगापुरको माउण्ट एलिजावेथ अस्पतालमा आफ्नो स्वास्थ्य जाँच गराउँदै आएका छन्। चिकित्सकको सल्लाहअनुसार देउवा आफ्नो नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार राति त्यसतर्फ प्रस्थान गर्नुभएको हो।

पत्नी आरजू राणालाई साथमा लिएर गएका देउवा जेठ १३ मा स्वदेश फर्कने कार्यक्रम छ।