काठमाण्डौ / विहिबार दिनभर काठमाण्डौलगायत मध्य भेगको मौसम बद्ली हुँदै खुल्नेछ भने बेलुका मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो।

यस्तै देशको पूर्वी भेगमा भने दिउँसो पनि पानी पर्ने सम्भावना छ। वायुमण्डलको तल्लो भेगबाट आएको जलवास्पयुक्त हावाका कारण पानी पर्ने सम्भावना रहेको मौसमविद् नगरकोटीले बताउनुभयो।

तराइका भेगमा भने आज दिनभर मौसम सफा रहने पनि मौसमविद् नगरकोटीले बताउनुभयो। पानी नपर्ने भएकाले तराइका भेगमा भने गर्मी हुने सम्भावना छ भने पहाडी भेगमा केही शीतल हुने अनुमान रहेको पनि मौसमपुर्वानुमान महाशाखाले जनाएको छ।