इटहरी / जिल्ला स्तरिय 'ए डिभिजन लिग' फूटबल अन्तर्गत बिहीबार इटहरीमा भएको खेलमा दुई जना खेलाडी गम्भीर घाइते भएका छन्। सुनसरी जिल्ला फुटबल संघले इटहरी क्षेत्र अन्तर्गतका क्लबहरुको लागि इटहरी रंगशालामा बिहीबारबाट लिग सुरु गरेको थियो।

सोही लिग अन्तर्गत भएको बिहिबारको दोश्रो खेलमा ब्वाइज क्लबका खेलाडी डेनी गुरुङ र रेडस्टार क्लबका निश्चल लामा घाइते भएका हुन्। उनीहरु दुवैको विराटनगर स्थित न्यूरो अस्पतालमा उपचार भैरहेको छ।

जिल्ला फूटबल संघ सुनसरीका कोषध्यक्ष कोबितजंग कार्कीका अनुसार लामाको आँखामाथि गहीरो चोट लागेको छ। यस्तै गुरुङको टाउकोमा चोट लागेको छ। खेलको पहिलो हाफको ९ औं मिनेटमा माथिबाट आएको बल हेड गर्नेक्रममा दवै जना ठोकिएका थिए।

सुनसरीका ४ क्षेत्रमा जिल्लाका १७ वटा क्लबलाई विभाजन गरि 'ए डिभिजन लिग' प्रतियोगिता सञ्चालन भैरहेको छ।