सुनसरी / सुनसरीको कोशी गाउँपालिका १ लौकहीबाट प्रहरीले बिहीबार लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ। लागूऔषध सहित प्रहरीले मोरङको बेलबारी नगरपालिका ३ का २१ वर्षीय नवराज राईलाई पक्राउ गरेको हो।

बिहिबार बिहान ९ बजे इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले धरानबाट काठमाण्डौ जाँदै गरेको बा ४ ख ८३३ नम्बरको हायस गाडीमा चेकजाँचको क्रममा राईलाई लागूऔषध नाईट्राजेपाम १ सय ६३ चक्की सहित पक्राउ गरेको हो।

पक्राउ परेका राईलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखि थप अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ।