भारतीय अभिनेता ऋषि कपुर क्यान्सरको उपचारका लागि लामो समयदेखि न्युयोर्कमा छन्। उनको उपचार पूरा भएको छ र उनी छिट्टै स्वदेश फर्किने तयारीम छन्। उपचारका क्रममा उनले गरेका ट्विटरका कारणमा उनी चर्चमा रहेका थिए।

न्युयोर्क सरह गुम्न निस्किएका कपूर एक जुत्ताको स्टोरमा पुगे। त्यहाँ एक जोडी जुत्ताको मूल्य देखेर तीन छक्क परे। यहाँ एक जोडी जुत्ताको मूल्य २७ लाख देखेर चकित परेका हुन्। त्यसपछि उनले आफ्नो पारमा ट्विट लेखका छन्।

ऋषि कपुर न्यूयोर्कको सबैभन्दा ठूलो जुत्ता स्टेरमा पुगेका थिए। त्यहाँ १२ हजारभन्दा धेरै जुत्ताका भेराइटी थिए। उनको ध्यान जुत्तामा भन्दा केबल जुत्ताको मूल्यमा गयो।

उनले पहिलो ट्विटमा जुत्ता स्टोरका बारेमा लेखेका थिए, सबैभन्दा ठूलो स्निकर स्टोर। यहाँ १२ हजार भन्दा धेरै जुत्ता छन्। त्यको मूल्य २७ लाख, १८ लाख, १७ लाख, १३ लाख र ३ लाख देखेर म अचम्मित छु।

उनले दोस्रो ट्विटमा लेखेका छन्, यी जुताको मूल्यमा ध्यान दिनू। यसलाई हेरेर एउटा भनाइ याद आयो, जुत्ता जाँदीको होस् या सुनको लगाउने त खुट्टैमा हो। यो पागलपन हो।

वास्तवमा सो स्टोरमा राखेका हरेक जुत्ताको मूल्य लाखौँ पर्छ। यहाँ राखिएका जुत्ताको मूल्य १७ लाखदेखि २७ लाखसम्म पर्ने गर्छ। ऋषि कपूरको ट्विटपछि उनका फ्यानले फन्नी रिएक्सन दिएका छन्। - एजेन्सी