काठमाण्डौ / चलचित्रमा भन्दा बढी म्युजिक भिडियोमा देखिने अभिनेत्री हुन् बर्षा राउत। यी नै बर्षाको अभिनय रहेको ‘पछि पछी’ बोलको रोमान्टिक गीत सार्वजनिक भएको छ।

भिडियोमा बर्षाका पछि–पछि लाग्ने केटाको रुपमा अभिनेता पुष्प खड्काले अभिनय गरेका छन्। गायक पदम राई र गायिका मेलिना राईको नै स्वर रहेको यो गीतको भिडियोमा यी दुबैलाई पनि देख्न सकिन्छ।

दीपक शर्माको शब्द तथा संगीत, रिकेश गुरुङको संगीत संयोजन रहेको गीतको भिडियो सुब्रतराज आचार्यले निर्देशन गरेका हुन् भने कोरियोग्राफी गम्भीर बिस्टको रहेको छ।

हेर्नुहोस् भिडियो :