काठमाण्डौ / गायक सुगम पोखरेलको स्वर रहेको नयाँ गीत ‘लैजा हावा’ सार्वजनिक भएको छ। गीतमा राजन भुजेलको शब्द तथा संगीत रहेको गीतको भिडियो पनि बनाइएको छ।

सुन्दा निकै मर्मिक लाग्ने गीत “लैजा हावामा” सागर थापा र अभिलाषा शर्माको अभिनय रहेको छ।  भिडियोमा प्रेम र विछोडको भावलाई उतार्न खोजिएको छ।

अभिलाषा शर्मा र सागर थापाको अभिनय रहेको भिडियो यो दिलिप समनले निर्देशन गरेका हुन्। फराज अर्पणको छायांकन रहेको भिडियोमा उनकै सम्पादन छ।

हेर्नुहोस् भिडियो :