हालसालै मात्र इटहरीको द बिहानी डान्स सेन्टरले सञ्चालन गरेको ब्लुमिङ लिटल प्रिन्स एण्ड प्रिन्सेसमा इटहरी नगर क्षेत्रभरका बालबालिका सहभागी भएका थिए। जसमा इटहरी लिटल प्रिन्सेस बन्न सफल हेस्परस आर्चाय इटहरीस्थित कञ्चनजङघा किन्डरगार्डेन मन्टेश्वरी स्कुलमा कक्षा ४ मा पढ्छिन। आचार्य सानो उमेर देखि नै हरेक क्षेत्रमा उत्तिकै निपूर्ण देखिन्छिन। पढाई,नृत्य, गायनसँगै टेलिभिजनमा बाल कार्यक्रम उद्घोषण गरिरहेकी आचार्यसँग गरिएको कुराकानीको सम्पादित अंश :

नानीको परिचय ?
मेरो नाम हेस्परस आर्चाय हो। म इटहरी को कञ्चनजंघा किन्डरगार्डेन मन्टेश्वरी स्कुलमा कक्षा ४ मा पढ्छु।

भर्खरै तिमीले लिटल प्रिन्सेसको ताज पहिरिएकी छौ यसको श्रेय कसलाई दिन्छौ ?
पहिले त मेरो पापालाई जस्ले मलाई हौसला दिनुभयो। यस्तै मेरो मामुलाई उहाँले मलाई सहयोग गरिस्यो अनि मलाई टे«निङ्ग दिने प्रतिक्षा मेम, इश्वरी सर र मेरो प्यारो तुलसी सरलाई।

तुलसी सर चै कसरी प्यारो हुनुभयो नी ?
उहाँ हाम्रो चिजन्स किड्स बल्र्ड बनिरहेको टि.भी कार्यक्रमको निर्देशक पनि होईसिन्छ र म अढाई बर्षकी हुँदादेखि नै उहाँले उद्घोषण सिकाईसेको र हाम्रो स्कुलको सर पनि होईसिन्छ, त्यसैले राम्रो लाग्छ अनि हसाईसिन्छ, नचाईसिन्छ त्यहि भएर भनेको।

तिम्रो स्कुलले टिभी कार्यक्रम पनि बनाउछ ?
हजुर अहिले सुटिङ भईरहेको छ र पहिले पनि हामीले १बर्षसम्म टिभी कार्यक्रम सञ्चालन गरेका थियौँ। अब त झन कस्तो रमाइलो कार्यक्रम बन्दैछ हजुरले हेरिस्यो भने हासेको हासैँ गरिसिन्छ होला। oone

ल ठिक छ। अनि भविश्यमा चाँही के बन्ने ?
म भविश्यमा डाक्टर बन्छु र दु.खी गरिब अनि सहारा बिहिनहरुको उपचार गर्छु र डाक्टर गोविन्द के.सी जस्तै सहयोगी बन्छु।

डाक्टर गोविन्द केसीलाई पनि चिन्छौ ?
चिन्छु नि, चप्पल लगाएर बाढि आएको बेला भुईचालो आएको बेला झोला बोकेर उपचार गर्न जाने अंकल हो। पापाले देखाईसेको। tthree

आहा कति राम्रो बिचार, अनि तिमिलाई पापा र मामुमा कसले धेरै माया गर्नुहुन्छ ?
दुईजनाले नै गरिसिन्छ, My Father Is My Favourite Hero, पापाले चै धेरै माया र केयर गरिसिन्छ।

अनि तिम्रो नाम हेस्परस है यसको अर्थ चाहिँ के हो ?
हेस्परसको अर्थ इभिनिङ्गमा स्टार होनि इभिनिङगमा धेरै चम्किने ब्राईट हुने हो त्यही हो बुझिस्यो। ffive

अनि तिम्रो बेष्टफ्रेण्ड को हो नी ?
म जो सँग झगडा गर्छु रिसाउछु उ प्राप्ती चौहान हो र उनै मेरो साथी हो।

लिटल प्रिन्सेस हुँदा तिमि रोयौ रे हो ?
हजुर रोएको थिए, होस्ट शुभेक्क्षा दिज्यू ले फस्ट रनर अपमा एकजना दिज्यूको नाम भनेर बोलाईस्यो अनि मलाई दिज्यू फस्ट भईस्यो म केहि भईन भन्ने लागेको थियो अनि रोएको थिएँ पछि क्राउन आएपछि हासिहाले नी। नपत्याए मेरो फोटोहरु हेरिस्यो त।

यति धेरै साथीहरुलाई जितेर बिजेता बनेकी छौ अव के गछौ ?
अहिले पढ्दै छु, अव म्यूजिक, डान्स अनि उद्घोषण सिक्दै टिभि कार्यक्रम चलाउने अनि पढ्ने पनि पापाले भनिसेको पढेन भने ठूलो मान्छे बन्न सकिदैन रे। ttwo

तिमिले जितेको पुरस्कार के गर्‍यौ ?
यो सिक्रेट छ अब मेरो बर्थडे आउन लागेको छ, मेरो बर्थडेको दिन बृद्धाश्रममा बसिसिएको आमाहरुलाई मिठो खाना खुवाउने अनि त्यहि दिन जितेको पुरस्कारको पैसा उहाँहरुलाई दिने हाम्रो प्लान थियो। ला भनिहाले अब पापा रिसाईसिन्छ होला।

आहा कति राम्रो बिचार ल भनत त्यो पैसा लिएर बजार गयौ भने के के किन्छौ ?
म मकै पोल्ने आन्टिको मकै किन्छु । जुत्ता सिलाउने अंकललाई १०० रुपैँया दिन्छु र ठूलो डिपार्टमेन्ट स्टोरमा सामान नकिनी सानो पसलहरुमा सामान किनी सहयोग गर्छु किनकी पैसा धेरैजनाले कमाइसिन्छ, सहयोग थोरैजनाले मात्र गरिसिन्छ। सहयोग गर्ने सँधै महान हुन्छ रे पापा मामुले भनिसेको।

अन्त्यमा केहि भन्नु छ ?
सबै पापा मामुहरुलाई सबै गरिब दुखी अनि सहारा बिहिनहरुलाई सहयोग गरिस्यो है भन्छु। अनि सामान किन्दा बजारमा गरिबको सानो पसलबाट किनिस्यो है भन्ने रिक्वेस्ट गर्छु र सबैजनालाई मलाई माया गरिस्यो है भन्छु।