बलिउड नायिका प्रियंका चोपडा जोनसले हालै श्रीमान् निक जोनाससँग केही तस्बिर इन्स्टाग्राममा सेयर गरिन्। यी फोटोमा उनी श्रीमान् निकसँग निकै रोमान्टिक अन्दाजमा देखिएकी छिन् तर यी तस्बिरमा उनले गुलाबी स्विम सुटसँग गुलाबी पञ्जा लगाइरहेको देख्न सकिन्छ। यो गुलाबी पञ्जाका कारण प्रियंका निकै ट्रोल भइरहेकी छिन्।

फेसन सेन्सका लागि प्रयोगकर्ताले गरिरहेका छन् ट्रोलः

उनका प्रशंसक यो थाहा पाउन खोजिरहेका छन् कि आखिर स्विमिङको क्रममा उनले किन पञ्जा लगाइरहेकी छिन्। एक प्रयोगकर्ताले उनको फोटोमा कमेन्ट गर्दै सोधेका छन्, ‘पौडी खेल्दा कसले पञ्जा लगाउँछ?’

यस्तै अर्काले लेखेका छन्, ‘स्विम सुटसँग पञ्जा लगाउनु कहाँको फेसन हो भनेर मलाई कसैले बुझाउन सक्छ? त्यो पनि नीजि समारोहमा। तपाईं आफ्नो श्रीमानमा यति हराइरहनुभएको छ कि सबैकुरा बिर्सिनुभएको छ।’

यस्तै एक अन्यले लेखे, ‘पञ्जा लगाउनु फेसनको हिसाबले अति नै भएको छ।’

मियामीमा मनाइन् प्रियंकाले ३७ औं जन्मदिनः

यो फोटो नायिकाको ३७ औं जन्मदिनको सेलिब्रेसन र मियामीको भेकेसनको हो तर यी फोटोका लागि नायिकाको मज्जाले ट्रोल भइरहेको छ। सोसल मिडियामा उनका प्रशंसकको नजर उनको गुलाबी पञ्जामा टिकेको छ।