काठमाण्डौ / टंक बुढाथोकी र मेलिना राईको स्वरमा ‘कसरी कसरी २’ गीत सार्वजनिक भएको छ। यो गीतमा टंक र मेलिनासँगै सुनिल क्षेत्री, एआर बुढाथोकी, आयुष गुरागाईं, दिपा श्रेष्ठ, दमन्ता श्रेष्ठ फिचर्ड छन्।

गीतमा गायक टंककै शब्द तथा संगीत रहेको छ। सुदिप बरालले खिचेको म्युजिक भिडियोलाई सन्देश शाहले सम्पादन गरेका हुन्।

कविराज गहतराजले निर्देशन गरेको गीतलाई करण सिंहले निर्माण गरेको छन्। यो गीतलाई दीपक राज सुनारले कोरियोग्राफी गरेका हुन्। कसरी कसरीको सफलतापछि टंक र मेलिनाले यसको दोश्रो भाग ल्याएका हुन्।

भिडियो हेर्नुहोस् :