काठमाण्डौ / गायन प्रतिभाहरुको खोजी गर्ने रियालिटी सो ‘दि भ्वाइस अफ नेपाल सिजन–२’ को प्रसारण साउन ३१ गतेबाट हिमालय टीभी एचडीमा हुने भएको छ। टेलिभिजनले प्रसारण मिति र समय घोषणा गर्दै ३१ देखि हरेक शुक्रबार र शनिवार राती ८ बजेदेखि ९ बजेसम्म कार्यक्रम प्रसारण हुने जानकारी दिएको छ।

नेपालमा ८ बजेको सुपर प्राइम टाइममा प्रसारण यो पहिलो रियालिटी सो हुने छ। झण्डै २२ हजार आबेदक मध्ये छानिएका करिव १ सय नयाँ प्रतिभाहरुले ब्लाइन्ड अडिसनमा कोचहरुसामु आफ्नो आवाज सुनाएका छन्। सुरिलो आवाजमार्फत् कोचको कुर्सी घुमाउने प्रतिभाको भाग्य पनि घुम्ने छ र उनीहरुको सांगीतिक यात्रा सुरु हुने छ। ‘निकै क्षमतावान प्रतिभाहरु ब्लाइन्ड अडिसनमा आइपुग्नुभएको छ।

यसपटकको सिजनमा दुई जना कोच परिर्वतन भएका छन्। राजु लामा र आस्था राउतले अन्य दुई कोच दीप श्रेष्ठ र प्रमोद खरेललाई साथ दिएका छन्। कार्यक्रमको टाइटल स्पोन्सर युनाइटेड सिमेन्ट्स रहेको छ भने पावर्ड बाई एनआईसी एशिया बैंक र आईएनजी ग्रुप, को स्पोन्सरमा लोटस हर्वल र हिरो मोटरसाइकल तथा एसोसिएट स्पोन्सरमा केएनपी जापान पेन्टस, हिमालय हर्वल र पेमेन्ट पार्टनरमा प्रभु पे रहेका छन्। अनलाइन पार्टरमा अनलाइनखबर डटकम र क्यालेन्डर पार्टनरमा हाम्रो पात्रो रहेका छन्।