धरान /  धरानस्थित बि.पी .कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरको सखुवाको रुख ढलेर दुईजना घाइते भएका छन्। प्रतिष्ठान परिसरको निःशुल्क पार्किङ स्थलको सखुवाको रुख ढल्दा उनिहरु घाईते भएका हुन्।

dharan1घाइते दुवैजनाको प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भईरहेको प्रतिष्ठानका सूचना अधिकृत सुजेन्द्र तामाङले जानकारी दिनुभयो। घाइते हुनेमा जनकपुर उपमहानगर वडा नं. ३ का जितेन्द्र यादव र उनकी पत्नी अन्जली यादव छन्। प्रतिष्ठानको आईसियूमा छोरा क्रितिक यादवको उपचार गराईरहेका उनीहरुलाई बाटोमा हिंड्दा हिंड्दै रुख ढलेर किचेको हो।

68648885_691413584658581_6734751570463817728_n (1) मानवीयताको हिसाबले घाइते दुवैजना र बिरामी छोराको औषधि र उपचार खर्च निःशूल्क गरिने प्रतिष्ठानका अस्पताल निर्देशक डा.गौरी शंकर साहले बताउनुभयो। रुखले पार्किङ गरेर राखेको धरान १५ मिलन पथका बाबुराम राईको को.२.ह. ५५७५ नम्वरको टेम्पोलाई समेत पूर्णरुपले क्षति पुर्‍याएको छ।

dharan सूचना अधिकृत तामाङले रुख ढलेर ठूलो एवं अप्रिय क्षति नभएको भएतापनि भविष्यमा हुनसक्ने दुर्घटना रोक्न प्रतिष्ठान पसिरमा रहेका बुढो रुखहरुको कटान गरी नयां वृक्षरोपण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो।