काठमाण्डौ / भाइरल बालगायक द्धय अशोक दर्जी र ए आर बुढाथोकीको नयाँ गीत मन बिनाको धन ठूलो (भाग २) ‘बा आमा’ बजारमा आउने भएको छ। जस्मा शब्द संगीत टंक बुढाथोकी रहनेछ।

सर्वाधिक रुचाईएकको “मन बिनाको धन ठुलो कि – धन बिनाको धन” अशोक दर्जीको पहिलो गीत हो। ‘उनलाई यसै गीतबाट लाखौ दर्शक स्रोताले नजिकबाट चिन्ने अवसर पनि मिल्यो। अशोक दर्जिको दोस्रो गीत “आमा भन्दा राम्री कोही छैन संसारमा” पनि निकै नै लोकप्रिय गीत हो।

कसरी कसरी भाग २ बजारमा सार्वजनिक गरिसकेपछि यतिबेला टंक बुढाथोकी बा_आमा बोलको गीतको तयारीमा रहेको जानकारी दिएका छन्। प्रतीक्षा गरौ अशोक दर्जीको नयाँ गीत चाडै नै सुन्न पाइनेछ। अशोक यतिबेला पढाइमा व्यस्त रहेकाले केही समय ढिला हुन सक्ने सम्भावना देखिन्छ।