सुनसरी/ उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष भिम पौडेलले इटहरीस्थित पूर्वलाईनमा खुलेको इटहरी बाईकर्स जोनको उद्घाटन गर्नुभएको छ। पौडेलले आईतबार दिउसो एक कार्यक्रमका बीच जोनको उद्घाटन गर्नुभएको हो। IMG_0309

१०बर्षसम्म कोरियामा पसिना बगाएका उमेश पौडेलले आफ्नै देशमा केहि गर्ने सपना बोकेर बाईकर्स जोन खोल्नुभएको हो। पौडेलले स्वरोजगार बन्न चालेको कदम स्वागतयोग्य रहेको भन्दै उद्योग बाणिज्य संघका अध्यक्ष पौडेलले युवाहरु स्वरोजगार बन्ने क्रम बढेको भन्दै स्वागत गर्नुभयो। IMG_0291

करिव १० लाख रुपैँया लागतमा खुलेको बाइकर्स जोनमा बिभिन्न ब्राण्ड अनि साईजका हेलमेट र मोटरसाईकलका एरेसरिज पाईने सञ्चालक उमेश पौडेलले बताउनुभयो। IMG_0292

केहि समयमा नै मोटरसाईकलका पार्टसको पनि बिक्रि शुरु गर्ने लक्ष्य रहेको सञ्चालक पौडेलको भनाई छ। IMG_0293