एजेन्सी / हलिउडका सुप्रसिद्ध गायक जस्टिन बिबरले पुनर्विवाह गरेका छन। 

गत वर्षमात्र प्रेमिका तथा मोडल हेली बाल्डविनसंग गोप्य बिवाह गरेका जस्टिनले साउथ क्यारोलिनाको मोंटेज पामेन्टो होटलमा परिवार र नजिकका केहि साथीहरुको उपस्थितिमा पत्नी हेलीसंग पुनर्विवाह गरेका हुन्।  

जस्टिनले सामाजिक संजाल इन्स्टग्राम केहि तस्बिरहरु राख्दै आफुले पुनर्विवाह गरेको जानकारी गराएका हुन्। केहि समय अघि मात्र जस्टिन विवाहले आफुलाई धैर्य र सहनशील बन्न सिकाएको उल्लेख गरेकॊ थिए।  

२५ बर्षिय गायकले साथीहरुको साथ र बैवाहिक जीवनका कारण आफुले आफुलाई परिवर्तन गर्न पाएको बताएका छन।  एक अन्तर्वार्ताका क्रममा जस्टिनले सानै उमेरमा पाएको प्रसिद्धिका करण आफु मानसिक रोगी हुन पुगेको र गत बर्ष मात्र आफु डिप्रेसनको शिकार हुन पुगेको बताएका छन।