मोरङ्गको सुन्दरहरैँचा ४ बाँसबारीस्थित टेन्डरफिट बोर्डिङ्ग स्कुलले राष्ट्रिय धान दिवसको अवसरमा बिद्यार्थीलाई रोपाँईमा सहभागी गराएको छ। स्कुलले सुन्दरहरैँचा ५तिनपैनिमा लगेर धान रोपाएको हो।

रोपाँईमा सहभागी कक्षा ८, ९ र १० का बिद्यार्थी, स्कुलमा अध्यापनरत शिक्षक शिक्षिका एवं कर्मचारीले सहभागिता जनाएका थिए। स्कुलको पोशाक लगाएका दुईबस बिद्यार्थी गाडीबाट ओर्लीएर धान रोप्न खेतमा पसेपछि वरपरका मानिसहरु रमिते बनेका थिए।

रोपाँईमा सहभागी बिद्यार्थीले धान रोप्दै गर्दा छुट्टै किसिमको आनन्द महसुस गरिरहेको देखिन्थ्यो। स्कुलले बिद्यार्थीलाई कृषि प्रधान देश नेपालमा कृषि तथा धान खेतिको महत्व रोप्ने तरिकाको बिषयमा जानकारी गराउन कार्यक्रम गरेको स्कुलका प्रिन्सिपल ऋषिराज रेग्मीले जानकारी दिनुभयो।

यस्तै स्कुलका शिक्षक तेजराज पौडेलले बिद्याथीलाई कृषिको महत्व दर्शाउन तथा धानखेतिमा प्रयोग हुने ब्याड, रोपाँई, कोदालो, रोपाहार, बाउसे आदि जस्ता शब्दहरु बुझाउन पनि रोपाई कार्यक्रम गरिएको बताउनुभयो। joteko khaja bause khaja 1 ropeko news 1 sir with miss