काठमाण्डौ / गत वर्ष प्रदर्शनमा आएको विकासराज आचार्य निर्देशित सुपरहिट चलचित्र ‘नाईं नभन्नू ल ५’ बाट अभिनयमा डेब्यू गरेका अभिनेता अभिषेक नेपालको दोस्रो चलचित्र‘ १२ सत्ताइस’को ट्रेलर बुधबार सार्वजनिक भएको छ।

चलचित्र ‘पैसा कमाउन १२ सत्ताइस गर्नुपर्छ’ भन्ने सिद्धान्त बोकेका तीन बेरोजगार पात्रको कथामा आधारित छ। चलचित्रलाई जोन योञ्जनले निर्देशन गरेका हुन्। चलचित्रको कथा पनि उनी स्वयंले लेखेका हुन्।

चलचित्रमा अभिनेता नेपालसँगै समिर श्रेष्ठ, काजी राना, अस्मिता लामिछाने, सम्राट थापा, विना कार्की, अस्मिता खनाल, अभोन राजलगायतका कलाकारहरुको अभिनय रहेको छ। चलचित्र रेनु राना, दिपक खतिवडा र रुपक थापाको लगानीमा बनेको हो। चलचित्र आउँदो मंसिर २७ गतेबाट प्रदर्शनमा आउने भएको छ।

हेर्नुहोस् ट्रेलर :