इटहरी / २ वर्षअघि प्रदर्शनमा आएको चलचित्र ‘शत्रु गते’लामो समयपछि युट्युबमा सार्वजनिक भएको छ। सो चलचित्र ओएसआर नामक युट्युब च्यानलमार्फत सार्बजनिक गरिएको हो।

प्रदर्शन पश्चात् दर्शकको मन जित्न सफल चलचित्रले प्रदर्शन अगाबैदेखि चर्चामा थियो। यो संगै दिपकराज गिरीका अनुसार यसपछि “छक्का पन्जा ३” पनि छिट्टै युट्युबमा सार्बजनिक गरिने छ। तर सो चलचित्र कुन मितिमा युट्युबमा आउने भन्ने कुरा भने खुलाएका छैनन्।

चलचित्रको निर्देशन प्रदीप भट्टराईले गरेका हुन्। हरिवंश आचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा, हरिवंश आचार्य र प्रदीप भट्टराईको संवाद रहेको चलचित्रका कार्यकारी निर्माता किरण केसी रहेका छन्।

नायक पल शाह र नायिका आँचल शर्मा यो चलचित्रमा मुख्य भूमिकामा रहेको छ भने चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरी पौडेल, प्रियंका कार्की, राजाराम पौडेल लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ।

हेर्नुहोस् चलचित्र :