काठमान्डौ / चलचित्र ‘मिस्टर नेपाली’की अभिनेत्री हुन् कुशुम राउत। शुक्रबारबाट प्रदर्शनमा आएको यो चलचित्रबाट कुशुमले अभिनयमा डेब्यु गरेकी हुन्। देशप्रेम र प्रेमकथामा निर्माण भएको चलचित्र उनी भने अभिनेता साहिल श्रेष्ठको जोडी बनेकी छन्।

अभिनेता सरोज खनालले सञ्चालनमा ल्याएको एकेडेमी माला आर्टमा अभिनय प्रशिक्षण लिइरहेकी कुशुम नृत्य र द्व’न्द्वको प्रशिक्षणसहित अभिनयमा होमिएकी हुन्। पुतलीसडक धोवीधार निवासी कुशुमले कलाकारितमा शिखर चुम्ने सपना देखेकी छन। कुशुम सानैदेखिको रहर पूरा गर्न कलाकारितामा होमिएकी हुन्। अभिनेत्री कुशुम राउतसँग रातोपाटीका पत्रकार कुवेर गिरीले गरेको कुराकानी।

चलचित्रको अफर कसरी आयो ?

चलचित्रका प्रोडक्सन मेनेजर गणेश सापकोटासँग पहिलेदेखि नै चिनजान थियो। भेटमा उहाँलाई मैले आफ्नो चलचित्र अभिनय चाहना राख्ने गर्दथेँ। त्यसका लागि आफ्नो कोसिस र मिहिनेतसमेत बताएको थिए। तिमीलाई सुहाउँदो चलचित्र पाए भन्छु भनेर उहाँले भन्नुभएको थियो। यो चलचित्रको अफर उहाँले नै ल्याउनुभयो। चलत्रिचका लागि निर्माण युनिटले आयोजना गरेको अडिसन पास भएर चलचित्रमा अटाए।

अभिनयको पहिलो अनुभव कस्तो रह्यो ?

सोचेको भन्दा राम्रो गर्न पाए। निकै डर थियो। सिनियर कलाकारसँग काम गर्न सक्दिन कि भन्ने। चलचित्र भुवन केसी सरदेखि धेरै सिनियर कलाकार हुनुहुन्थ्यो। तर उहाँहरुसँग काम गर्न पाउँदा धेरै कुरो सिक्न पाएँ। उहाँले सिकाउनु पनि भयो। सजिलैसँग चलचित्र पूरा भयो।

पहिलो चलचित्र रिलिजमा आउँदा कस्तो अनुभूति हुँदोरहेछ ?

मेरो अभिनयलाई दर्शकले के भन्ने हुन् भनेर एक किसिमको डर, नर्भस फिल भइरहेको छ। अर्को कुरो पहिलो पटक पर्दामा आफूलाई देख्न पाउँदा एक्साइटेड पनि छु। अभिनयमा मैले आफ्नो तर्फबाट बेस्ट दिने कोसिस गरेकी छु। रिजल्ट पनि राम्रो आउने आस छ।

कस्तो भूमिकामा देख्न सकिन्छ ?

गाउँले केटीको भूमिका निर्वाह गरेकी छु। चलचित्रको सुरुदेखि अत्यसम्म मेरो भूमिका त छैन। छोटो भए पनि दर्शकको नजरमा पर्ने खालको छ।

तपाईं कस्ती केटी ?

म मिलनसार छु। तर जो कोहीसँग एकै भेटमा खुल्न भने सक्दिनँ। सङ्गत गर्दै गएपछि घुल्नसक्छु। सबैको कुरा सुन्ने र डिसिजन आफूले गर्ने बानी छ।

मनपर्ने केटा ?

सिम्पल, स्पार्ट, जेन्टल, साँचो बोल्ने केटा मनपर्छ।

प्रेम ?

छैन छैन। मेरो प्रेमी बनाउनेतिर अहिलेसम्म कहिल्यै ध्यान गएन। मेरो केटा साथी त धेरै छन्। तर प्रेमीको रूपमा कोही बनाएकी छैन। अभिनय बाहेको रुचि ? – गीत गाउन मनपर्छ। कथा, उपन्यास पनि पढ्छु।

सपना ? 

एउटा सपना सफल कलाकार बन्ने छ। अर्को इच्छा आफ्नो एउटा बिजनेस गर्नेछ। रोजेको व्यक्तिसँग डेटको अफर दियो भने ? स् रवि लामिछानेसँग जान चाहन्छु। उहाँसँग भेटेर कफी डेट गर्दै गफ गर्ने इच्छा छ। उहाँको बोल्ने शैली मनपर्छ। उहाँले देशका लागि गरेको कुरा जायज लाग्छ।