काठमाण्डौ / पूर्व राजा ज्ञानेन्द्र शाहले शनिबार ठमेलको नाइट क्लब पुगेर सबैलाई सर्प्राइज दिनुभएको छ। शाह ठमेलको चर्चित क्लब लर्ड अफ द ड्रिङ्क्स (एलओडी) पुग्नुभएको हो।

प्रायः युवाहरु मात्र पुग्ने एलओडीमा शाह क्लब पुग्दा त्यहाँ उपस्थित युवाहरु आश्चर्यचकित बनेका थिए। अझ त्यसमाथि रातो र चन्द्र सूर्य गीतसँगै नाचेर पूर्व राजा शाहले अर्को सर्प्राइज दिनुभएको थियो।

पूर्व राजाको साथमा हिमानी शाह पनि उपस्थिति हुनुहुनथयो।

यसअघि पूर्व युवराज पारस शाह आफ्ना छोराछोरीसँग एलओडी पुग्नुभएको थियो। पूर्व राजा शाहले त्यहाँ उपस्थित युवाहरुसँग तस्विर र सेल्फी पनि खिच्नुभएको थियो।

                                                                                                            तस्विर र भिडियो : एलओडीबाट