एजेन्सी / बलिउड अभिनेता सलमान खानले बलिउडमा नयाँ कलाकार भित्र्याउन पनि त्यत्तिकै योगदान पुर्‍याएका छन्। आफूले अभिनय गरेका फिल्ममार्फत विभिन्न कालखण्डमा उनले कैयौं नायिकाहरू बलिउड भित्र्याएका छन्। उनले भित्र्याएका केही नायिका बलिउडमा निकै सफल भए भने केही असफल पनि भए। यसैक्रममा अभिनेता सलमानले आफ्नो फिल्मबाट बलिउड भित्र्याएका आठ मुख्य अभिनेत्रीको यहाँ चर्चा गरिएको छ।

happy_birthday_katrina_kaif_1563257565

१. कैटरिना कैफ

बलिउडकी अहिलेकी सफल र चर्चित नायिका कैटरिना कैफलाई सलमान खानले भित्र्याएका हुन्। आफूले अभिनय गरेको फिल्म मैने प्यार क्यु कियामा मुख्य नायिका बनाएर सलमानले कैटरिनालाई बलिउडमा अघि बढाएका हुन्। त्यसअघि कैटरिनाले फिल्म बुममा सहनायिकाको रूपमा काम गरेकी थिइन्। सलमान र कैटरिनाबीच लामो समय प्रेम सम्बन्धसमेत रहे। अहिले उनीहरूबीचको सम्बन्ध सामान्य छ। अभिनेत्री कैटरिनाले पनि आफूलाई बलिउडमा स्थापित गर्न सलमानको महत्वपूर्ण भूमिका रहेको बताउँदै आएकी छन्। त्यसपछि उनले सलमानसँग थुप्रै फिल्ममा नायिका भएर काम गरिन्।

cfc759dc30fa4fe99552e39b96e93258

२. सोनाक्षी सिन्हा

सलमानले बलिउडमा भित्र्याएको अर्को प्रभावशाली नायिका सोनाक्षी सिन्हा हुन्। सन् २०१० मा निर्मित फिल्म दबंगबाट सलमानले सोनाक्षीलाई फिल्ममा ल्याएका हुन्। सोही वर्ष उनले यो फिल्मबाट नवनायिकाको फिल्म फेयर अवार्ड जितेकी थिइन्। त्यसअघि सोनाक्षी मोडल थिइन र फेसन सोको व्यवस्थापन हेर्थिन्। दबंग पछि सलमानसँग सोनाक्षीले दबंग २, दबंग ३ मा काम गरिसकेकी छन्। उनले मिसन मंगल, रोमियो अवसर वाल्टर, कलंकजस्ता थुप्रै फिल्महरूमा मुख्य भूमिका निर्वाह गरिसकेकी छन्।

zarinekhan

३. जरिन खान

सलमान खानले बलिउडमा भित्र्याएको अर्को प्रभावशाली नायिका जरिन खान हुन्। सन २०१० मै फिल्म वीरबाट सलमानले बलिउडमा जरिनलाई ल्याएका हुन्। वीरमा जरिनको काम निकै मन पराइयो। त्यसपछि जरिनले १९२१, अक्सर २, हेट स्टोरी ३ जस्ता विभिन्न फिल्ममा काम गरिसकेकी छन्। सलमान खानले फिल्ममा ल्याए पनि जरिनले त्यसपछि सलमानसँग निरन्तता दिएकी छैनन्।

download

४. डेजी शाह

अभिनेत्री डेजी शाहलाई पनि बलिउडमा अभिनेता सलमान खानले नै ल्याएका हुन्। डेजी शाह सुरुका दिनमा नृत्य कलाकार थिइन्। उनी कोरियोग्राफर गणेश आचार्यको सहायकको रूपमा काम गर्थिन्। उनले केही फिल्ममा आइटम डान्स पनि गरेकी थिइन्। त्यसपछि सलमानले डेजीलाई फिल्म जहोमा मुख्य नायिकाको रूपमा उतारे। यो फिल्मले राम्रो व्यापार गरेपछि डेजीले निरन्तर काम पाइन्। त्यसपछि रेस ३, राम रतन, हेट स्टोरी ३ जस्ता थुप्रै फिल्ममा काम गरिसकेकी छन्।

1534821086-bhumika

५. भूमिका चावला

सलमान खानले नायिकाको रूपमा ल्याएको बलिउड कलाकार भूमिका चावला पनि हुन्। सलमानले आफूले अभिनय गरेको फिल्म तेरे नाममा मुख्य नायिकाको रूपमा भूमिकालाई सन् २००३ मा अभिनय गराएका थिए। त्यसपछि भूमिकाले खामोसी, नाम, एम एस धोनीसहित थुप्रै फिल्ममा काम गरिसकेकी छन्। बलिउडमा नायिकाको रूपमा आफू स्थापित हुनेको जस पनि भूमिकाले सलमानलाई नै दिने गरेकी छन्।

hazel-story_647_090615012235_090815011655

६. हेजल किच

बलिउडकी अर्की अभिनेत्री हेजल किचलाई पनि नायिकाको रूपमा सलमान खानले ल्याएका हुन्। त्यस अघिसम्म उनी पनि मोडलको रूपमा स्थापित थिइन्। मोडलिङमा निकै चर्चा कमाएको बेला हेजललाई सलमानले सन् २०११ मा फिल्म बडिगार्डमा नायिका बनाए। त्यसपछि उनले मेक्सिममलगायत केही फिल्ममा अभिनय गरिन्। भारतीय क्रिकेटर युवराज सिंहसँग विवाह गरेपछि हेजल बलिउडमा छायामा छिन्।

images

७. रविना टंडन

बलिउडकी एक समयकी सफल नायिका रविना टंडनलाई पनि नायिकाको रूपमा सलमान खानले नै ल्याएका हुन्। सन् १९९१ मा मोडलिङ गरिरहेकी रविनासँग भेट भएपछि सलमानले फिल्म खेल्ने प्रस्ताव गरे। सोही वर्ष निर्माण भएको फिल्म पत्थरके फूलमा रविनाले सलमानको नायिकाको रूपमा काम गरिन्। यो फिल्म पनि सफल भएपछि रविनाले दर्जनौं सफल फिल्ममा काम गरिन्।

21ce5b85ea6504c83bb7f2eeda1e27c2

८ . स्नेहा उलास

सलमानले बलिउड भित्र्याएका अर्की नायिका स्नेहा उलाल हुन्। सन् २००५ मा सलमानले लकी फिल्मबाट स्नेहालाई बलिउडमा ल्याएका हुन्। त्यसपछि स्नेहाले बेजुवान इस्क, इट्स रकिङ, दर्द ए डिस्को, क्लिकजस्ता थुप्रै फिल्मका काम गरिन्। अभिनेत्री ऐश्वर्या रायसँग आफ्नो सम्बन्ध टुटेपछि ऐश्वर्याजस्तै देखिने स्नेहालाई सलमानले लकी : नो टाइम फर लभमा नायिका बनाएर बलिउड भित्र्याएका हुन्।