एजेन्सी / चीनीयाँ चर्चित अभिनेत्री फ्यान बिंगबिंग यहि वर्ष जुनको महिनाबाट गायब भएकी छिन्। उनी चीनको अत्याधिक रकम लिने अभिनेत्री मध्ये एक हुन्। २०१५ मा टाईम पत्रिकाले उनलाई चीनको चर्चित अभिनेत्रीको रुपमा आफ्नो मूख्य पृष्टमा राखेको थियो।

उनी चीनीयाँ चलचित्र र हलिउडको चर्चित चलचित्रहरुमा देखा परेकी छिन्। उनी प्रख्यात फेसन सोहरुमा पनि देखिने गर्छिन्। उनी सामाजीक सञ्जालमा जुन महिना देखि केहि अपडेट नगरेको कारण उनी गायब भएको पुष्टि भएको छ।

chaines_actress उनीमाथि कर छलि गरेको आरोप लागेपछि गायब भएको जनाइएको छ। तर फ्यानका टिमले त्यसबेला कर छलि आरोप गलत रहेको ठहर गरेका थिए। उनले आफ्नो सामाजीक सञ्जाल मार्फत सरकारसंग कर छलि गरेको आरोपमा क्षमा मागेकी थिइन्।

उनले करिब एक सय २७ मिलिअन डलर कर तिर्नु पर्नेछ। चीन सरकारद्धारा उनीमाथि अहिले सम्म कुनै अपराधिक घोषणा भएको छैन। कथित कर चोरी गरेको कारण चीनीयाँ कम्युनिष्ट पार्टीले दुख व्यक्त गरेका छन्।