इटहरी / अभिनेता विराज भट्टको डेब्बु निर्देशन रहेको चलचित्र ‘साङ्लो’ फस्ट लुकसँगै प्रदर्शन मिति सार्वजनिक भएको छ।

२४ माघबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको यस चलचित्रमा अभिनेता तथा निर्देशक विराज र पूर्वमिस नेपाल तथा अभिनेत्री निकिता चण्डकको जोडी बाँधिएको यो चलचित्रको बिहीबार पहिलो गीत सार्वजनिक हुँदैछ।

चलचित्रले किड्नी तस्करीको कथालाई प्रस्तुत गरेको छ। छायांकनको क्रममा डोटीको जोरायल गाउँपालिकाले विकास निर्माणको बजेटबाट १० लाख छुट्याएपछि यो चलचित्र विवादमा तानिएको थियो।

sanglo त्यस्तै, छायांकनका क्रममा निर्देशक तथा अभिनेता विराजले प्राविधिक कुटेपछि यसको चर्चा चुलिएको छ। मानकृष्ण महर्जन छायांकन गरेको ‘साङ्लो’मा अभिनेता कामेश्वर चौरासिया, जयनन्द लामा, आरपी पन्त लगायतका कलाकारको अभिनय छ।