इटहरी / इटहरीमा ‘अन्तरदेशीय साझा रङमञ्च २०१९’ हुने भएको छ । १३ गतेदेखि १८ गतेसम्म हुने नाटक प्रदर्शनीको सो कार्यक्रममा भारतको पश्चिम बंगालबाट कृष्णनगर सिंचन नाट्य समुह र इटहरीको कलालय इटहरीको संयुक्त प्रस्तुती रहनेछ ।

१३ गते पश्चिम बंगालको नाटक मञ्चन हुनेछ भने १४ गतेदेखि १८ गतेसम्म द टेल टेल हर्ट नाटक प्रत्येक साँझ ४ बजे मन्चन हुनेछ । सो नाटकको निर्देशन प्रज्वल परजुलीले गरेका छन् भने नाट्यरुपान्तरण सुगम दुलालले गरेका हुन् । द टेल टेल हर्ट नाटकको सह–निर्देशन भने अनुजा पौडेलले गरेकी छन् । नाटक इटहरी–६ स्थित तायारिप्ची भवनमा मन्चन  हुनेछ ।

कलालय इटहरीले इटहरीमा विभिन्न समयमा नाट्य तालिम तथा प्रदर्शनी गर्दै आएको छ । स्कुले बालबालिकालाई समेटेर नाटकको निर्देशन र प्रस्तुतीकरण गरिरहेको कलालयले अन्तरदेशीय कार्यक्रम गरेको यो पहिलो पटक हो।