धरान / धरान उपमहानगरपालिका वडा नम्बर ७ को वडाअध्यक्षमा नेकपाका जीवनराज सुवेदी एक मतले विजयी हुनुभएको छ।

नेपाली कांग्रेसका सुवर्ण मोहन पलिखेलाई एक मतले पछि पार्दै वडा नम्बर ७ को वडाअध्यक्षमा नेकपाका जीवनराज सुवेदी विजयी हुनुभएको हो। सुवेदीले ६ सय २२ मत पाउनुभएको छ। नेपाली कांग्रेसका सुवर्ण मोहन पलिखेले ६ सय २१ मत पाउनुभएको छ।

एक मतले पछि परेपछि कांग्रेसका प्रतिनिधिल पुःन मतगणना गर्नुपर्ने माग गरेका छन् तर र्निवाचन आयोगले नेकपाका जीवनराज सुवेदीलाई विजयी घोषणा गरिसकेको छ।