दमक / समाजसेवी एबम साहित्यकार स्व. कर्णकुमार श्रेष्ठद्वारा लिखित पुस्तक ‘उस्तै उस्तै मान्छे’ र रचित गीत तथा गजलहरु संग्रहित एल्बम ‘मनको सागर’ को विमोचन गरिएको छ। सोमबार राष्ट्रिय नाचघर काठमाण्डौमा एक कार्यक्रमकाबीच ‘उस्तै उस्तै मान्छे’ र गजल संग्रह ‘मनको सागर’ को वरिष्ठ साहित्यकार एवं चलचित्र निर्देशक यादव खरेलले विमोचन गरे। 6

बिमोचन कार्यक्रममा शिक्षक ईश्वरी भण्डारी, वरिष्ठ साहित्यकार तथा समालोचक लक्ष्मण गाम्नागे, साहित्यकार, समालोचक, चलचित्र निर्देशक तथा संचारकर्मी प्रकाश सायमी र चर्चित संगीतकार राजु सिंह लगायतको उपस्थिती रहेको थियो। 3

विमोचित एल्बम ‘मनको सागर’मा म ७ वटा गीत तथा गजलहरु रहेका छन्। संग्रहित गीत तथा गजलहरुमा चर्चित गायक गायिकाहरु अन्जु पन्त, शिव परियार, रामकृष्ण ढकाल, मनोज राज सिवाकोटी, दिपशिखा राहुल, सजल न्यौपाने र बुनु श्रेष्ठ आदीको आवाज रहेको छ। ति गीत तथा गजलहरुमा किरण कडेंल, बिएन.निराकार, रिदम कडेंल र रामकुमार रिमालले संगीत सिर्जना गरेका छन भने किरण कडेंल, बि.एन.निराकार, रिदम कडेंल र देवेन्द्र नेवाले संगीत संयोजन गरेका छन। 4

चलचित्र निर्माता एवं समाजसेवी गोपाल कर्माचार्यज्यूको सभापतित्वमा आयोजित समारोहमा स्व. श्रेष्ठद्वारा लिखित पुस्तक उस्तै उस्तै मान्छे’ र श्रेष्ठद्वारा रचित गीत तथा गजलहरु संग्रहित एल्बम ‘मनको सागर’ एकैसाथ विमोचन गरिएको हो। 5

बि.स. २००० सालमा गढीथुम्का, इलाममा जन्मिइ पूर्वाञ्चल क्षेत्रको दमकमा स्थायी बसोबास गर्नु भएका श्रेष्ठको गत बर्ष निधन भएको थियो। श्रेष्ठ साहित्यिक क्षेत्रसंगसंगै समाजसेवामा समेत क्रियाशील थिए। करिब ४ दशक शिक्षण पेशामा अनवरत रुपमा क्रियाशील श्रेष्ठले आफ्नो जीवनकालमा नेपालका विकट क्षेत्रहरुमा व्वतःस्फूर्त रुपमा निःशुल्क शिक्षा समेत प्रदान गरेका थिए। श्रेष्ठको यसअघि नाकको अप्रेशन (हास्यव्यङ्ग्यसंग्रह), ऋतम्भरा (गजलसंग्रह), मनको सागर (गजलसंग्रह) र मुखाले पोथी (बाल–कथासंग्रह) प्रकाशित भैसकेका छन्। कार्यक्रम चलचित्र निर्माता एवं समाजसेवी गोपाल कर्माचार्यको सभापतित्वमा सम्पन्न भएको हो। 2 1

यी २ वटै कृतिहरुको प्रकाशन लेखककी छोरी बुनु श्रेष्ठले गरेकी हुन।