काठमाण्डौ / चलचित्र विकास बोर्डका अध्यक्ष केशब भट्टराईको निधन भएको छ।

भट्टराईको स्वास्थ्यमा एकाएक समस्या आएपछि उपचारका लागि चाबहिलस्थित ओम अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। उनको मृत्यु आइतबार राति १० बजेर २० मिनेटमा भएको पारिवारिक स्रोतले जनाएको छ।

भट्टराई अनामनगरमा बस्दै आएका थिए भने घरमा रहेकै बेला एकाएक स्वास्थ्यमा समस्या आएको थियो। चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले उनले पार्थिव शरीर सोमबार बिहान २ बजेपछि चलचित्र विकास वोर्डको कार्यालयमा श्रदाञ्जलीका लागि राखिने जानकारी दिए। त्यसपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ। उनको हृदयघातका कारण निधन भएको बताइएको छ।

भट्टराई एक वर्षअघि चलचित्र विकास वोर्डको अध्यक्ष चयन भएका थिए।

करिब ३ दशकदेखि अभिनय र सिनेमा निर्माणमा सक्रिय ५४ वर्षिय भट्टराईको पत्नी र छोरा रहेका छन्।