एजेन्सी / सुन्दरता सम्हाल्न नसक्दा ठूलो समस्यामा परिन्छ भन्ने उदाहरण बनेकी छिन् कम्बोडियाकी एक अभिनेत्री।

उनी हुन २६ वर्षीया डेनी ख्वान। सरकारले उनलाई एक वर्षसम्म कुनैपनि फिल्म खेल्न नपाउने गरी प्रतिबन्ध लगाइएको जनाइएको छ।

डेनीका कामुक तस्वीरहरुले आचारसंहिताको उल्लंघन गरिरहेको कम्बोडियाको कला तथा संस्कृति मन्त्रालयले ठहर गरेको हो। वास्तवमा सरकारले उनीमाथि यस्तो कठोर कदम चाल्नुको कारण डेनीको एउटा फेसबुक पेज पनि हो।

उक्त फेसबुक पेजमा उनका ३ लाख फलोअर्स छन्। जहाँ उनले आफ्ना निकै कामुक तस्वीरहरु पोष्ट गर्दै आएकी थिइन्। सरकारले फिल्म खेल्न प्रतिबन्ध लगाएपछि उनले पनि सामाजिक सञ्जाल फेसबुकमा बोल्ड तस्वीरहरु पोस्ट गर्न छाडेकी छिन्।