काठमाण्डौ / हट तथा बोल्ड नायिका सुरवीना कार्की चलचित्र ‘शुभ मंगल’ मा देखिने भएका छन्। प्रेम कथामा ‘शुभ मंगल’ नामक चलचित्र निर्माण हुने भएको हो।

सो चलचित्रमा नायिका सुरवीना कार्की अनुबन्ध भएकी हुन्। अष्ट्रेलिया निवासी निर्देशक मनोज अधिकारीले निर्देशन गर्ने चलचित्रमा कुशल थापा, बिकास चापागाईं, केपी शर्मा, आर्यन शर्मा, सदिक्षा पाण्डेलगायतका कलाकारले पनि अभिनय गर्नेछन्।

देउराली फिल्मस्को ब्यानरमा संगम क्षेत्री र नारायण दत्त अधिकारी निर्माता रहेको चलचित्रको सुटिङ नेपाल र अष्ट्रेलियामा गरिने जानकारी निर्देशक अधिकारीले दिएका छन्।

surbina-karki अष्ट्रेलियामा बस्ने नेपालीको जीवनशैली, प्रेम, सम्बन्धलगायतका बिबिध बिषयमा निर्माण हुने चलचित्रको केही समयपछि औपचारिक रुपमा घोषणा गरिने बताइएको छ।

निर्देशक अधिकारीकै लेखन रहेको चलचित्रको सुटिङ केही समयपछि थालिने छ। चलचित्रका अन्य कलाकार तथा प्राबिधिक चयन कार्य जारी रहेको निर्देशक अधिकारीले बताएका छन्।