काठमाण्डौ / चलचित्र ‘प्रेम गीत ३’ मनाङका बिभिन्न ठाँउमा छायाँकन भइरहेको छ। दुई सिरिजको सफलता पछि निर्माता सन्तोष सेनले तेस्रो सिरिजको निर्माण थालेका हुन्।

यो सिजनमा चलचित्र छायाँकन त परै जाहोस्, मानिस घुम्न समेत कम जाने गर्दछन्। तर ‘प्रेम गीत ३’ युनिटले भने बिगत दुई सातादेखि चलचित्रको छायाँकनका मनाङ आसपासका ठाँउमा गरिरहेको छ।

‘जाडोको उच्च विन्दु भएपनि चलचित्र युनिटले पुरै लगावका साथ काम गरिरहेको निर्माता निर्देशक सन्तोष सेनले बताए। अत्यधिक चिसोमा पनि चलचित्र युनिटले उत्साहका साथ काम गरिरहेको सेनको भनाई रहेको छ।

चलचित्रको केही पहिले राजधानीको किर्तिपुरमा छायाँकन भएको थियो। एक दरबारको भब्य सेट बनाएर ४५ प्रतिशत चलचित्र छायाँकन गरेपछि निर्माण युनिट बाँकी छायाँकनका लागि मनाङ पुगेको थियो। २ सय वर्ष अगाडीको प्रेमकथामा निर्माण भएको चलचित्र निर्देशनमा सन्तोषसँग सहकार्य छेतेट गुरुङले पनि गडरेका छन्।

चलचित्रमा प्रदीप खड्का, क्रिष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धी शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेतलगायतको अभिनय देख्न सकिन्छ।