काठमाण्डौ / नेपाल एपिएफ क्लबले प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ।

आयोजक नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई २-० ले हराउँदै एपिएफ लगाचार पाँचौं पटक च्याम्पियन बनेको छ। एपिएफलाई जित दिलाउन सरु लिम्बु र रेखा पौडेलले गोल गरेका थिए।

भद्रकालीस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र जङ्गी अड्डाको मैदानमा पाँचौं मिनेटमा सुरुको गोलबाट एपिएफले अग्रता लिएको थियो।

खेल सकिन १ मिनेट बाँकी रहँदा रेखाले अर्को गोल थप्दै जित निश्चित पारेकी थिइन्। उपाधिसहित एपिएफले ३ लाख र आर्मीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। सेमिफाइनलिस्ट नेपाल पुलिस क्लब र भुटानको राष्ट्रिय टोलीले समान ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।