शंकर खत्री / इटहरी / मकर सक्रान्ति (माघे सक्रान्ति)को अवसर परेर संखुवासभाको चैनपुरमा देउराली युवा क्लबले खुल्ला पुरुष फुटबल आयोजना गर्ने भएको छ।

बिगत केही बर्ष देखि देउरालीले प्रत्येक बर्ष फुटबल खेल आयोजना गर्दै आएको छ। नकाअउटको आधारमा खेलाइने खेलमा एक टिममा ६+२ खेलाडी सहभागी हुने आयोजकले जनाएको छ। चैनपुर नगरपालिका वडा नम्बर ७ को खेलमैदानमा खेल आयोजना हुनेछ र प्रवेश गर्नको लागि हरेक टिमलाई एकहजार शुल्क लाग्ने छ।

खेलमा सहभागी हुन चाहने टिमले माघ १ गते बिहान ९ बजेसम्म सहभागी भहिसक्नु पर्ने आयोजक देउराली युवा क्लबले जनाएको छ। खेलमा दोस्रो चरणको खेलमा प्रत्येक खेलमा म्यान अफ द म्याच लाई पुरस्कर दिइने छ। खेलमा उत्कृष्ट खेलाडी, अनुशासीत, सर्बाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई पनि नगद र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ।

खेल आयोजना गरे पनि खेलमैदानको अभावले खेल खेलाउन समस्य भएको क्लबका अध्यक्ष उज्वल श्रेष्ठले जानकारी दिनुभयो। उहाँले स्थानीय सरकारले खेलमैदान बनाउन सहयोग गरे अझै उत्कृष्ट खेल आयोजना गर्न सकिने भन्दै सहयोग गर्न पनि अपिल गर्नु भएको छ।

खेलको प्रथमलाई १५हजार नगदसहित कप मेडल र प्रमाणपत्र, द्वितीयलाई १० हजार नगदसहित कप मेडल र प्रमाणपत्र र तृतीय हुनेलाई ५ हजार नगदसहित कप मेडल र प्रमाणपत्र दिइने छ।

FB_IMG_15784030700592415